Wednesday, April 13, 2011

Happy New Year 2068


Happy New year 2068!


May New year bring more then your wish. All the best for 2068

Saturday, January 1, 2011

Happy new Year


Happy New Year 2011


May New year makes us new creature of thought and peace...
Meroangan

Wednesday, November 3, 2010

बिहान उठने बित्तिकै हिमाल देख्न पाईयोस,यी हातले सँधै सँधै नेपाल लेख्न पाईयोस...........
मेरो जन्म स्थान अहिले सम्म पनि यति शुन्दर छ कि हेरे र आघाँईदैन। बयान गरेर पनि सकिँदैन।

माथिको फोटो मेरो झ्याल बाट नै खिचेको हो।

Monday, October 18, 2010

जन्म दिन

बास्तबमा मलाई मेरो जन्मदिन खासै मन पर्दैन किनकी कता कता आफु बुढो भएं की जस्तो भान हुन्छ तर हो अबश्य म हिजो भन्दा आज १ बर्षले बुढो भएँ। मात्र समय ले मलाई बुढो बनाई रहेछ तर अनुभवमा म केटौले छु, म चाहन्छु अनुभबमा बुढो हुन, खारिन, तिखारिन, अनि के के……………. तर आज सम्म म केहि हुन सकेको छैन मात्र उमेर ले छिप्पेको बुद्दिले थिच्चेको। तसर्थ भोलि Please you guys don’t say me Happy Birthday ……..I am getting one year older then today. Only old not a Gold…..

बिजाया दशमीको शुभ-कामना!!!!!

Thursday, October 14, 2010

शूभ- कामना


२०६७ सालको बिजया दशमीको मँगलमय शुभकामना.......
मेरो आँगन

Friday, October 1, 2010

http://mangeshkarlata-latamangeshkar.blogspot.com/

आज भोलि असाध्यै ब्यस्त भइएको छ, बिहान घरबाट ६ बजेनै मोटरसाईकलको कान निमोठ्यो, अफिस आयो मेल चेक अनि काम को लस्कर------- No face book, No blogs , No chat. No news, and no any net fun , कामले नै घांटीसम्म आएको बेलामा कता अरु आफ्नो मज्जाको लागि खेल्न पाईयो र?

तर पनि ३/४ दिन अगाडि यसो १ मिनेट जति को लागि twitter login गरेको थिंए , त्यहि दिन रहेछ नामुद गायिका लता मङ्गेशकर को जन्म दिन, अनि त मैले पनि उहाँलाई मन देखि Happy Birthday को शुभकामना twitter मार्फत प ठाए। अनि twitter बाट नै उहाँको बालक कालको फोटो पाएं जुन म यस ब्लगको भित्तामा टाँसेको छु
समय हुदा साथ twitter login गरि हाल्न मन लाग्छ किनकी मैले केही आफ्ना मन पर्ने ब्यक्तिको मात्रै Follow गरको छु आज चाही आलुप्याज नाम गर्नु भएको “अ” जीको पनि फलो गरें “अ” जीको ब्लोग को म फ्यान हुं।
जेहोस आज भोलि अलि बिजी भएपनि twitter को चाँहि खास त्यति समय पनि नखाने हुनाले login गरेर यसो Net fun गर्ने गरेको छु
Here are bundles of SALUTE to LATA. You are a part of God. प्रणाम! प्रणाम!! प्राणम!!!

Wednesday, September 8, 2010

अनुभब

आदरणीय पिताजी Happy father's day.

आज म असाध्यै आनन्दीत छु। बुवाको मूख हेर्ने दिन अनि बिहानै हजूरको सेवा गर्न पाएकोमा। हो आज मेरो मन असाध्यै गर्व, खुशी, आनन्दले गद् गद् भईरहेछ। बुवा को सेवा गर्नु पाएकोमा। यस्को मतलब अघिपछि सेवानै गर्न नपाएको र आज मात्रै गर्न खोजेको हैन। अघि पछि अलि फुर्सद हुंदैन थियो तर आज मेरो भाग्यले गर्दा फुर्सद पनि भयो अनि बिहानै बुवालई अलिकति भएपनि सेवा गर्न पाऐं।

भन्छन आमाले एक चोटि जन्माउछन् रे तर बुवाले हजार चोटि जन्माउछन् भने झैं, मैले बुवाको मूखबाट कति चोटि सुनेको छु हामीलाई हुर्काउनको लागि उहाँले गर्नु भएको महाभारत..... तराई पहाड सबै उहाँलाई आफ्नै आँगन सर लाग्थ्योरे। कुनै पनि बेला थकाई नै लागेनरे। सुन्दा अच्म लाग्छ कति छाक त खानानै नखाईकन काम नै खाना हुन्थ्योरे, आदी आदी........ यस्ता कुरा त मैले मेरो बुवाको मुखबाट भन्दा पनि उहाँको साथिहरुको मुखबाट सुनेको हुनाले अझ मैले बुवालाई नजीक बाट चिन्न सजीलो भयो।

जेहोस अहिले मेरो बुवाको उमेर पनि ढल्किसकेको छ। म भगवान संग प्रार्थना गर्छु कि म यसरीनै सेवा गर्न पांउ।
मेरो माताजि पनि बुवाकै अर्धाङ्गिनी हुनाले आमामा पनि यती ठूलो आँट र मिहेन थियो की त्यही काणले आज सम्म हामीलाई काँडाले पनि नकोरेको। आजको म मेरा माता पितालाई यहि ब्लग मार्फत सलाम टक्क्रर्याउंछु। Proud to be your son dad and mom
"One Father is more than a hundred schoolmasters" -George Herbert


Monday, September 6, 2010

दैनिकि

यो बर्षको जाडोको गन्ध आएको जस्तो भान हुनथालेको छ। हिजो राती देखि अहिले सम्म लगातार पानी परीरहेको छ। हिजो सम्म अफिसमा Half Shirt लगाएर मजाले काम गर्न सकिन्थ्यो तर आज अलि जाडो को महशुस भईरेहछ। ज्यानमा बुढोको रङ्गले रङ्गिएर हो कि? अथावा जाडो नै हो। बाहिरको तापक्रम हेर्दा त पक्कै जाडो नै हो किनाकी 23'0 C छ। त्यसैले तातो मिल्क कफि सहित आजको दिन शुरुवात गरेको छु।

Saturday, August 28, 2010

यात्रा

आज एकै बिहान मेरो यात्रा स्यंम्भुनाथ तिर थियो। मौसम त ठिकै थियो किनकी पानी चाही परेको थिएन तर बादल डम्म लागेर कुनै पनि बेला पानी पर्ने खाल्को थियो। बिहान स्यंभुनाथ जान मलाई असाध्यै मन मन पर्छ। त्यँहाबाट देखिने दृष्य र त्यँहिकै बातबरण एकदम मन पर्छ।

स्यम्भुनाथ अगाडि। Praying Flag को पछाडीबाट खिचिएको फोटो


स्यम्भुनाथबाट देखिएको काठमाण्डुको दृष्य

अनि मलाई यहांका बाँदर असाध्यै मन पर्छ झन माथिको जस्तो सानो हो भने त घरमानै लगेर पाल्न मन लाग्छ। मिल्ने भए लगेर पाल्थें होला। आखिर यो संसार त यस्को पनि हो। मेरो जतिकै हक त यस पृथिबीमा यस्को पनि छ।

Friday, August 27, 2010

यात्रा

जिन्दगीमा बिदा भने पछि कस्लाई मन नपर्ला र? म पनि अपबाद चाँहि पक्कै होईन त्यसैले बिदामा जान पाए पछि असाध्यै खुशि लाग्छ। झन्डै २ हप्ता अगाडि मेरो र साथको जोडि सहित नगरकोट गएका थियौं। केही फोटोहरु:

बिहानीको दृष्य नियाल्दै

खाना खानु अगाडीको चुस्की

हामी बसेको होटेल