Saturday, August 14, 2010

अतित

आजको शनिबार मैले घरमानै बिताउने निधो गरेनुसार हिजो अफिसबाट घर आउँदा नै मोबाईल, iPod, अफिसको केही फाईलहरु जुन दिन काट्ने बन्दो बस्तीको सामानहरु सहित आएको छु। कहिले काँही घरतिर डुल्दा पनि एकदम रमाईलो हुन्छ किनकी मेरो गाँउ साँचिक्कै शुन्दर छ।

मेरो गाँउको दृष्य

बिहान उठेर यसो मन्दिर तिर जाने चलन छ अनि पसलमा बसेर चिया खाने पनि। मजा हुन्छ शनिबारको बिहान साथि भाईहरुसंग चिया पिउन।

आजको मेरो प्लान थियो कोठा सफा गर्ने अनि यसो फूल बिरुवाको काम गर्ने। तर फुल बिरुवाको काम गर्न चाँही सकिन किनकी लाम्खुट्टेले सार्है नै टोकेको हुनाले।

कोठा सफा नगेरको पनि धरै भएछ । ओहो! गाँउको माटोको घर त्यहाँ माथि बर्खा समयको । ढुसी, चिसो, हिलो …..

साफा गर्दा यो उ त्यो भन्दा भन्दै पुरान किताबका खात, दराज, कुना काप्च सबै सफा गर्नु पर्यो। जब पुराना कितब र स्कूल पढ्दाका केहि बाँकी किताब कापी पनि पाएँ। ओहो! झन्डै २०/२२ बर्ष अगाडिका क्षणहरु पुरै मानसपटलमा घुम्न थाले अनि त सफा गर्ने भन्दा पनि ति किताब कापी पल्टाएर हेर्न पो मजा आउन थाल्यो। ९/१० कक्षाका किताब र कापि त्यो बेला को आफ्नो अक्षर …..

तिनै कुनै किताबको बीचमा कापीको पाना पाएँ। ओहो फेरी पुरानो अतित को सम्झना आयो। त्यो पाना थियो ९/१० कक्षा पढ्दा म मेरो घर नजीकैको १ जाना केटीसंगको मायां प्रीतिमा डुबेको बेलामा उनीले पठाएको लभ लेटर। जेहोस त्यो अतित नै हो अलिकति त मुटु नछोएको त हैन अब त्यो अतिलाई अतितमै राख्नु ठिक लाग्यो। तर पनि त्यस पेपरमा उन्ले लेखेक एउटा कबिता जुन मेरो नामबाट बनाएकी थिईन त्यो कबिता। त्यो कबिता चाही याहां उतार्छु

रन्थनीएका पिडित आत्माहरु
घुम्छन यहां मृग तृषणा बनेर
नारी स्वतन्त्रताको विगुल फुक्न
थकाई अनि पिडाहरुमा पनि
पौडन खोजेका कुन्ठित भावनाहरु
डेबरा जस्तै सुशिल बनेर
लक्ष कतै प्राप्ती हुन्छ की भनेर

उनी लेखनमा असाध्यै मायुर थिईन। नेपालीमा भाषामा संधै अग्र। भन्नु पर्दा मलाई आई. ए. मा नेपाली ब्याकरणमा पास गराउने पनि उनी नै थिईन।

जेहोस आजको शनीबार अलि अलि काम गरेर अनी परिबार संगै बसेर बिताए।

Tuesday, May 4, 2010

निशब्द

यहि गेटको लागि हो नेपालका दानब राजनीतिक नेताहरुले आज हामी निर्दोष जनताहरुलाई घरमै बन्दी बनाएर आफु चाँही Hotel Raddison मा खाना......
बेकुफ! आन्दोलनकारी हो कस्को लागि लडेको छौ? मलाई त ति नेताहरु भन्दा पनि तिमीहरु देखेर आफुलाई सरम लागेको छ यो देशको जनता भन्न पनि किनकी तिमिहरु पनि यो देशको जनता हौ। किन यी द्रब्या पिचाशहरुको सेवक बन्छौ???????

Monday, May 3, 2010

राजनीति

आज २ जना जापानीज साथिहरुले मालाई खाना खान Yak and Yeti hotel मा बोलाएका हुनाले ठमेल बाट घुम्दै घुम्दै जाँदा केशरमहल नजिक माओबादीको कोणसभा जस्तो रहेछ टन्टलापुर घाममा। धेरै युवाहरुको एउटै ड्रेस रहेछ कालो ट्रयाकसुट। यस्तो घाममा जुलुश गर्नु छ किन उनिहरुको त्यति पनि बिचार रहेनछ कि कालो रङ्गको कपडाले झन गर्मि हुनछ भनेर। पार्टिले नै दिएको भए पनि त झन लाज एलाग्ने कुरा हो बिचराहरु पसिनाले नुहाएको जस्तै थिए।

Thursday, April 29, 2010

अनुभब

हिजो मैले यो स्टिकर बाईकमा टाँसेर हिड्दा त एकछिन त टेन्सन नै भयो नी। एक हुल युवाले मालई भने किन यो टाँसेको? पर्सिको हाम्रो मे दिबसको को र आम हड्तालको कार्यक्रमको बिरोधमा हो? अनि मैले भने अरे हर्नुहोस यस्मा के लेखेको छ। म पर्यटन ब्यवशायी हुं, अनि तंपाईहरुकै को नेता ले नै २०११ साल भरी हामी कुनै बन्द हड्ताल गर्दैनौ भनेर हस्ताक्षर गरेको को कुरा लाई मैले प्रचार मात्रै गरेको हुं। अनि एक जना केटाले भने। ल ठिक छ २०११ मा त नेपाल बन्द नै गर्नु नै पर्दैन हाम्रै राज्या सत्ता भईहाल्छ नी । ल ल जानुस हामीलाई समर्थन गर्नुहोस है भने अनि म पनि ल ल शुभ कामना छ भनेर आफ्नो काममा लागें। मन मनै सोचें नेपालका यवालाई कस्तो राजनीतिक नशाले ले बेहोस बनाइदीएका छन बेकुफ नेताहरुले

Tuesday, April 13, 2010

Happy New Year

मैले त नयाँ बर्ष हिजो नै मनाईसके को छु हिजो पनि त नयाँ दिन नयाँ मिति, नयाँ घन्टा, मिनेट, सेकेण्ड, बार सबै नयाँ थियो त्यसैले मजाले हिजो नै मनाई दिए। अब हरेक पल पल नयाँ बर्ष हुने हुनले अब त म पल पल झ्याप भएर नयाँ बर्ष मनाउने छु । आखिर भोलिनै किन मनाउने छु .....

Saturday, April 10, 2010

अनुभब


हिजो अर्थात चैत्र २८ गते शनिबार हुनाले बिहाको भोजन सकिना साथ मयुर टाईमस किताब किन्नको लागि घरबाट स्कुटरमा निस्कें। अनि किताब पसल पुगेपछि त्यहांको हाउभाउ, भिड देखेर किताबले निकै ख्याति कमाउंछ कि भनेर सोचेको छु हेरौं, किताब पढिसकेको छैन। किताबको अति प्रचर गरेको देख्दा चांहि अलि मन परेको छैन हुन त यो मेरो बिचार मात्रै हो।


किताब किन्दा पसलेले भने दाई T-Shirt पनि किन्नेकी? पैसा त थिएन तर पनि काम गरेर खानेलाई प्रोत्साहान दिनु पर्छ भन्ने मेरो मान्यताले मलाई किन्न बाध्य बनायो, अनि किनें पनि।

Tuesday, April 6, 2010

अनुभब

मैले आजसम्म चाखेको कडा रक्सि मध्ये जापानको ओकिनावा भन्ने ठाँउमा बनेको ओकिनावा भन्ने नाम गरेको रक्सी होल। जुन रक्सि ६०% को रहेछ। ओहो!! एक बिर्को मुखमा पर्दासाथ कर्मकाण्डै पुर्याउने।


जापानमा पनि धेरै किसिमका रक्सि उत्पादन गर्दा रहेछन। घरमा बिना अनुमति कुनै पनि बनाउन नपाईने रहेछ।



कल

Sunday, April 4, 2010

सम्झनाहरु

कहिले काँहि काम को धेरै चाप भएको बेलामा पनि काम देखि दिक् लागेर आएको बेलामा यसो पुराना फोटाहरु हेरेर थकाई मेटउन सकिदोरहेछ। यो तलको फोटो २००७ को मार्च महिनाको Ghorepani trekkingहो। आहा! कति रमाईलो भएको थियो यो Trekking.

The beauty of Nepal



Tuesday, March 30, 2010

यात्रा

आज भन्दा करीब ३ बर्ष अगाडी म जोम्सोममा थिएं जुन बेला काठमाण्डुमा पनि हिंउ परेको थियो। अब मैले भनिरहनु नपर्ळ धेरै हिउं पर्यो भनेर। तर जति परे पनि मुस्ताङ कफि खाएपछि त हिउंको बाल मतलब हुदैन थियो। हवाईजहाजहेरु हिउं परेको कारणले पुरै बन्द भएको थिए ४ दिन सम्म अनि मजाले Lunch देखिनै मुस्ताङ कफिसित दिन बिताएको थिएं.

Monday, March 29, 2010


Trekking को पहिलो रात सुतेको स्थान फाक्दिङ। जस्को उचाइ छ २६४० मी.

यस्तो तयारीका साथ हामील trekkin शुरु गरेका थियौं



दोस्रो दिन नांम्चे पुग्नु अगाडि ५ घण्टा ठाडो उकालो छ। त्यहि उकालो को लागि को तयारी


नाम्चे पुग्नु अगाडिको यो सबै भन्दा डर लाग्दो पुल हो जहाँ प्रायको टोपी हावाले उडाएर तल खोलामा खस्छ।

नाम्चे पुग्नो ३० मिनेट अगाडि को तोप डाँडा भन्ने स्थान हो जहाँ बाट Mt. Everest मजाले देखिन्छ अनि ताकेको बेलामा यसो सुन्तला काना कोजेको ता नेपालि को लागि १ वोटा सुन्तलाको लागि ८० रुपयाव हनि बिदेसिको लागि १०० रुपयाव