Thursday, July 13, 2006

यात्रा



यो तस्बिर आज भन्दा ठिक 32 महिनजत्ति अगाडिको हो। प्राय जसो मेरो काम बाट फुर्सद मिल्ने भनेको यस्तै अषाढ श्राबण महिना हुनाले त्यहि समय छोपेर म लागेको थिएँ नाम्चे। घरको रोकावटको बावजुद पनि म Yeti Airlines समतेरर हुँकीएको थिएँ। लुक्लाबाट २ दिनको बाटो भएपनि म मेरो अफिसको गाईडहरलाई देखाउन भएपनि १ दिनमा नाम्चे पुगेरर देखाउन चहान्थे र पुगेँ पनि। यो मेरो नाम्चे यात्रा दोस्रो पटक हो। त्यहाँ पुग्नु कारण उहित हो अघाउन्जेल उहि सगरमाथा Mt. Everest लाई आफ्नो सामीप्यमा राखेर आन्नद लिनु हो।प्रक्रितीको घनघोर संसारमा हरउनु हो २ दिन को नाम्चे बसाईमा पनि मलाई मौसमले खासै साथ दिएन। बिहान ५ बजे देखि Mt. Everest हेर्नको लागि म नाम्चे भन्दा अलिक माथि पुगेर करीब ३ घण्टा जत्ति पर्खेर बस्दा पनि Mt. Everest को शीरमाथि बादल डम्म लागेर खसै राम्रो सँग देख्न सकिन। तैपनि फोटोहरु चाँहि खिचेँ।

आज २२ महिना पछि ति पोटो हेर्दा त्यो बेलाको Mt. Everest र अहिलेको नयाँ नेपाल लगभग उस्तै अवस्थामा छन् । मेरो लामो प्रतिक्षा थियो सफा, कञ्चन, उच्च अनि बिशाल Mt. Everest हेर्ने तर सकिन आज पनि त्यस्तै उच्च र बिशल प्रतिक्षा छ नयाँ नेपाल हेर्न। Mt. Everest को शिरमाथि बादल लागे जस्तै अहिले नयाँ नेपालको शिरमाथि राजनैतिक को कालो बादल लागेको छ। मेरो अनुभवमा त्यो कालो बादलको मतियार बनेका छन अहिलेका मै हु भन्ने नेताज्यूहरु। बोल्छन एक थरि गर्छन अर्को थरि। कालो बादलले जसरी सगरमाथालाई ढाकेको छ त्यसरीनै नयाँ नेपालको भविष्यलाई तिमिहरु Puppet नेताहरु को अनुहारमा परिबर्तन अपरिहार्य छ पक्का नव नेपाल को लागि।