Friday, January 9, 2009

बदमास नेताहरु

आज अफिसबाट घर फर्किदै थिंए, अचनाक बाटोमा कुरा सुनें कि- अर्को हप्ताबाट १६ घण्टा लोडसेडिं हुदैछ। ओहो!! जीबन झन कष्टप्रद हुने भयो। झन भयनाक स्थिति हुने भयो।
फेरी त्यो दिन याद आयो ठूला नेताले भनेका थिए "कायपलट हुनेछ अब नेपालको"। त्यसबेलामा म एकदम खुशी थिएं किनकी जुनसुकै नेता हुन वा पार्टी हुन हामीलाई नेपाल बनाउने शक्ति चाहियो। तर आज म ठगिएको छु ती नेता र पार्टी संग
कुनै लेखमा राजनीतिक बिद्वानले प्रदीप गिरिले कान्तिपुर पत्रिकामा लेखेका थिए गान्धी मण्डेला जस्ता नेता नेपालमा हुनु पर्नेमा नेपालको भागमा परे गिरिजा, प्रचण्ड अनि माकुने......त्यसैले होला मेट्रोपोलिटियन सिटि मा पनि १६ घण्टा लोडसेडिङ। यही हो नेपालको कायापलट ???????

छ सय चान्चुन सभासद संबिधान बनाउन चाहिदैनन् केबल ४० जान जत्ति बिद्वान भए पुग्छ वा त्यो भन्दा पनि कम किनकी जापानको को संबिधान पनि एकजना अमेरिकन कर्णेनेलले लेख्देका हुन। आज हेर्नुहोस जापानको स्थीति....। त्यसकारण छ सय चानचुन मा केहि बिद्वान सभासद राखेर बाँकी सभासद हटाएर उनिहरको तलबले भारत संग बिजुली किने हुन्छ अनि प्रधान मन्त्रीलाई पनि डेढ लाखको खाट चाँहिदैन अनि परिबार को बिदेश भ्रमण मा लाग्ने खर्चले त केही युनिटको बिजूली किन्न सकिन्थि होला...

तर यसबेला मैले असाध्यै सम्जेको नेता हुन नेपालका प्रथम राष्ट्रपति जो कुनै धार्मीक काममा जानको लागि पनि राष्ट्रको ढुकुटिको मायां गर्ने, तंपाइलाई नेपाली म को आभिवादन।
ल जेहोस अब मेरो रोजीरोटिको पनि मलाई पीर छ किनकि १६ घन्टाको लोडसेडिङले त पक्का मेरो पथमा औंसीको रात हुने छ किनकी म साधारण नेपाली हुं म नेता र नेताका सन्तान होईन।

Thursday, January 1, 2009

HAPPY NEW YEAR

Happy New Year 2009

MAY NEW YEAR BECOMES PEACE TO ALL OF US.
"नयाँ बर्ष २००९ हामी सबैकोलागि सुख र शान्ती बनोस"।