Tuesday, October 28, 2008

अनुभब

ल हेरौं नयाँ नेपाल
आज बिहानै अफिस आउदा बाटोमा नरमाईलो अनुभब भयो। नयाँ सडक को पहाड जत्रो फोहरको थुप्रोमा आगो बालेर फोहर नष्ट गरेको दृष्य देखेर। यो अनेक थरिका फोहर जलेर निस्केको धंवा के बिष सरह हुदैनर? अनि यो धुवा पुरै नयाँ सडक भरि कुइरो लागे जस्तो थियो। कति जनालाई असर गरेको होला त?
यो नयाँ नेपालमा कुनै निकाय छैन होला कि यसरि फोहर बाल्न नदिने।
कुराले चिउरा भिज्दैन भने झैं हाम्रा नेता कुरा मात्रै ठूला गर्छन। अमेरिका देखि युरोप सम्मका टुर सकिसकेका नेताले यस्तो गन्ध र फोहर देकेर पनि केहि नबोल्ने नेता तिमिलाई हामिले केहि गर्न नसके पनि भाबि पिंढीले सराप्ने छ।


Monday, October 27, 2008

शुभकामना

शुभ-दीपावली को शुभकामना!!
तिहार मालई मन पर्ने चाड हो। तर जुवा तास भने खेलिदैन।
देउसी भैलीहरुलाई धान चामल दिएर उनिहरुको गित सुन्न भने मन पर्छ त्यो भन्दा पनि मन पर्ने घरभरी दीपावली गर्न मन लाग्छ।
सानो हुँदा त झन रमाइलो हुन्थ्यो किनकी देउसी खेल्न जाँदा लुकी लुकी बिंडि खाँदाको मजा अहिले कहाँ पाईन्छ? रातभरिमा १ मुठा बिंडि खरानी हुन्थ्यो।

Wednesday, October 15, 2008

दंशै

Tuesday, October 14, 2008

पनि हजुरआमा जस्तै निरोगी हुन पाउं।


यो २०६५ सालको बडा दंशै पनि सकियो। यो चोटिको दंशै पनि बेफुर्सदिलो भयो। के गर्नु आफ्नो काम पनि दंशैताका अतिनै ब्यस्त हुन्छ तर पनि यो चोटि भने मैले २ दिन बिदा लिएर पर गाऊमा गएर ९३ बर्षको बृद्द हजुरआमा संग टिका लगांए। सार्है रमाईलो पनि भयो। वहाँले बनएको खाना रायोको साग र भात त अहिले पनि सम्झीरहेको छुहजुरआमाको मिहिनेत
हजुरआमाका साथीहरु


Sunday, October 5, 2008

शुभ- कामना


बिजया दशमीको अबसरमा माता दूर्गाको नजर हामी
सबैमा सदैब परीरहोस