Thursday, February 26, 2009

यात्रा

नाम्चे Trekking को लागि लुक्ला सम्म हामीहरु प्लेनमा जानु पर्ने कारणले हामी बिहानै ६:०० बजेनै ऐरपोर्टमा पुगी सकेका थियौं। यो चोटि पनि सदाको झैं नेपलाको आनतरिक उडानहरु ढिलाहुने झैं १ घण्टा ढिलनै भयो। अनि हामि करिब ८:३० तीर लुक्ला पुगेका थियौ।


लुक्ला बिमानस्थल

लुक्ला अबतरण गरेपछि अलिकति भएपनि आनन्द आयो किनकी नेपालको पहाडी हवाई मार्ग एकदम डरलाग्दो छ। अनि अझ यो चोटि त प्लेन पनि एकदम हल्लाएको थियो। नाम्जुराको पासमा त ओहो !! के हो के हो...... २/४ महिना मात्रै यहि लुक्ला बिमानस्थलमा यति एरलाईन्सको बिमान क्र्यास भएको थियो।



लुक्लामा हामि ३० मिनेट जती चिया खाएर अनि अलिकति रेष्ट गरेर हामि आजको गन्तब्य फाक्दिङको लागि हिड्यौं।



लुक्ला देखि फाक्दिङ सम्म ३:३० घन्टामा मजाले पुगिनु पर्नेमा यो चोटि लान्चमा एकदम ढिला भएकोले लगभग हामी ५ घण्टा लगाएर पुग्यौं। मेरो खुट्टा अलि अलि त दुकेको थियो ने किनकी मेले पहिला नै भनेनुसार Urice Acide ले चापेको तर खासै गार्हो भएन।



तर जब साँजमा लज मा पुगे पछि त यसरी मेरो टाउको दूख्यो कि त्यो मेरो जिन्दगीमा पहिलो सहन नसकी म केहि क्षण मूर्छा परें छटपटाऐं। ओहो यति धेरै टाउको दुख्दो रहेछ। टाउको दुख्नुमा High Sickness पक्कै पनि होइन किनकि फाक्दिङको उचाई त जम्मा २६०० चानचुन त हो नी किन मलाइ High Sickness हुन्छ र तर जेहोस टाउको असाध्यै दुख्यो अनि सिटामोल खाए अनि Dimox ( Anti High sickness)औषधी खाएर सुतें।

फाक्दीङ गाँउ

Wednesday, February 18, 2009

यात्रा

भोलिदेखि मेरो फेरि 5 दिन को नाम्चे Trekking शुरु हुदैछ। एकदम पीर पनि लागेको छ किनकि स्वस्थ्य अलि गड्बडि भएकोले। जाडो महिना भरि खाना मजाले खाईयो, बिहानभरि सुतियो , No Excerise, No diet अनि त ५/७के. जी को बोसो ज्यानमा हालियो। अनि त अचेल Urice Acide ले पनि सताउन थलेको छ। झन हिजो देखि तो धेरैनै खुट्टा दुख्न थालेल औषधि नै खान थालेको छु।

१० जाना बिदेशि लिएर गाईड बनेर जानु भनेको अलि गार्है कुरा हो। गाईडनै बिरामी भयो भने के हुन्छ होला???
ला जेहोस फिरि ५ दिन भएपनि काठमान्डुलाई बाई बाई हिमाल लाई हाई हाई.....

Tuesday, February 17, 2009

यात्रा


Paris को Luvre Museum भ्रमण गर्नु को मनशाय बिश्वा चर्चित Monna Lisa शुन्दर फोटो हेर्नु, तर मेरो बिचार Monna Lisa को फोटो त अहो बहुत राम्रो ठूलो अनि गहकिलो हेर्दै मनमन रमाओस ..... जे होस एकदम त्यो Luvre Museum को गहनानै हो तर जब देखें अनि म अलिकति खिस्रिक परें। सानो साईज, ध्वाँसो लागेको जस्तो कस्तो कस्तो जेहोस मेरो मनलाई खासै तानेन। मेरो मनले कला नचिनेर हो कि? खै जेहोस Monna Lisa को भन्दा अरु कैयौं राम्रा राम्रा फोटोहरु देखे्।

पेरिसको Luvre Museum मा भएका बिश्व प्रसिद्द कलाहरुमध्ये यो ढुङ्गाको कला पनि मलाई एकदम मन पर्यो।