Tuesday, May 4, 2010

निशब्द

यहि गेटको लागि हो नेपालका दानब राजनीतिक नेताहरुले आज हामी निर्दोष जनताहरुलाई घरमै बन्दी बनाएर आफु चाँही Hotel Raddison मा खाना......
बेकुफ! आन्दोलनकारी हो कस्को लागि लडेको छौ? मलाई त ति नेताहरु भन्दा पनि तिमीहरु देखेर आफुलाई सरम लागेको छ यो देशको जनता भन्न पनि किनकी तिमिहरु पनि यो देशको जनता हौ। किन यी द्रब्या पिचाशहरुको सेवक बन्छौ???????

Monday, May 3, 2010

राजनीति

आज २ जना जापानीज साथिहरुले मालाई खाना खान Yak and Yeti hotel मा बोलाएका हुनाले ठमेल बाट घुम्दै घुम्दै जाँदा केशरमहल नजिक माओबादीको कोणसभा जस्तो रहेछ टन्टलापुर घाममा। धेरै युवाहरुको एउटै ड्रेस रहेछ कालो ट्रयाकसुट। यस्तो घाममा जुलुश गर्नु छ किन उनिहरुको त्यति पनि बिचार रहेनछ कि कालो रङ्गको कपडाले झन गर्मि हुनछ भनेर। पार्टिले नै दिएको भए पनि त झन लाज एलाग्ने कुरा हो बिचराहरु पसिनाले नुहाएको जस्तै थिए।