Tuesday, March 30, 2010

यात्रा

आज भन्दा करीब ३ बर्ष अगाडी म जोम्सोममा थिएं जुन बेला काठमाण्डुमा पनि हिंउ परेको थियो। अब मैले भनिरहनु नपर्ळ धेरै हिउं पर्यो भनेर। तर जति परे पनि मुस्ताङ कफि खाएपछि त हिउंको बाल मतलब हुदैन थियो। हवाईजहाजहेरु हिउं परेको कारणले पुरै बन्द भएको थिए ४ दिन सम्म अनि मजाले Lunch देखिनै मुस्ताङ कफिसित दिन बिताएको थिएं.

Monday, March 29, 2010


Trekking को पहिलो रात सुतेको स्थान फाक्दिङ। जस्को उचाइ छ २६४० मी.

यस्तो तयारीका साथ हामील trekkin शुरु गरेका थियौं



दोस्रो दिन नांम्चे पुग्नु अगाडि ५ घण्टा ठाडो उकालो छ। त्यहि उकालो को लागि को तयारी


नाम्चे पुग्नु अगाडिको यो सबै भन्दा डर लाग्दो पुल हो जहाँ प्रायको टोपी हावाले उडाएर तल खोलामा खस्छ।

नाम्चे पुग्नो ३० मिनेट अगाडि को तोप डाँडा भन्ने स्थान हो जहाँ बाट Mt. Everest मजाले देखिन्छ अनि ताकेको बेलामा यसो सुन्तला काना कोजेको ता नेपालि को लागि १ वोटा सुन्तलाको लागि ८० रुपयाव हनि बिदेसिको लागि १०० रुपयाव


यात्रा

२ हप्ताको कालापथ्थर Trekking का फोटाहरु। तर म चाँहि कालापथ्थर सम्म जान सकिन। किनकि १ जाना गेष्ट बिरामी भएर नाम्चे बाट नै फर्केर आउनु पर्यो

काठमाण्डुको एर्पोटबाट लुक्ला प्रस्थान गर्नु अगाडि



बिहान लगभग ८ बाजेको लुक्ला एर्पोटको दृष्य।

लुक्ला पुगेर कफि सफि खाएर पैदल यात्रा शुरु गर्नु अगाडि पोटरहरु मालसमान बोक्ने तयारीमा।


लुक्लाबाट फाक्दिङ जाँदा लुक्लाको छेउमम रा्ष्ट्रिय बिभूति पसाङ ल्हामु शेर्पा गेट



यात्रामा देखिएका दृष्यहहरु


Saturday, March 20, 2010

अल बिदा

अल बिदा गिरिजा बाबु!
नेपालको राजनितिमा सबै भन्दा शक्तिशालि गिरिजाबाबुको मृत्यु ले म गैर राजनीतिज्ञलाई पनि नरमाईलो लाग्यो। थाहा छ जन्म पछि मृत्य भनेको अटल सत्य हो।

उनको आत्मा शान्तीको बंगैचामा अजम्बरीफूल झैं फूलिरहोस

Wednesday, March 10, 2010

Tour

Tomorrow I am going back to Lukla to drop to a trekkers whos has been getting sick since 5 days. I am not sure to reaach Lukla in on day. If we will able to be in Lukla tomorrow I have to back next day here again in Namchebazar.

Today I walked 3 hrs up to Phunki Tenga ( on the way of Tangeboche) I have flimed of Mt. everest. After getting back to ktm I will post some other photos.

Monday, March 8, 2010

Tour


आज नाम्चे आएकोपनि ४ दिन भयो । समय त यति छिटो दौडिएको छ कि यहिको हावा सरि। जानु त कालापत्थरसम्म थियो तर के गर्नु हाम्रो ट्रेकर्स ग्रुपको सदस्यहरुमध्ये एकजना बिरामी हुनु भयो र म चाँहि उहाँलाई नै स्याहार सुसार गरेर बस्न परेकोले कालापत्थरको यात्रा सपनामा रुपान्तरित भयो हुन त कालापत्थर जान असाध्यै गारो हुन्थ्यो त्यहा माथि म जस्तो अल्छि तिग्रेलाई । तैपनि म पनि कालापत्थर पुगेको छु भनेर नाक फुलाउन पाइन्थ्यो ।

नाम्चे बजारमा खास समय बिताउन खास गारो हुदैन । प्राय जसो ले हाम्रो अफिस लाइ चिन्दो रहेछ किनकि अफिसको गाइडहरु प्राय सबै जसो होटेलमा बस्छ अनि अफिसको नाम लिदासाथ सर चिया, कफि के खाने भनेर भन्छन् । म बसेको HOTEL ZAMLING अलि माथि सिरानीमा छ त्यहाँबाट सबे नाम्चे बजारको दृश्य मीठोसँग देखिन्छ । सेता हिमाल थाम्सेर्कु, कोन्दे अनि कुसुम खाङकुरु ले नाम्चेबजार लाई नै पहरा दिएको जस्तो देखिन्छ ।

नाम्चेलाई र काठमाण्ठौँलाई तुलना गर्दा यहाँ नपाइने गाडि मात्रै हो । अरु त काठमाण्ठौँमा नपाइने धेरै चिज मैले नाम्चेमा देखेँ।

जे होस् होटेल ले मलाई कम्प्युटर उपलब्ध गरेको हुनाले सजिलो भएको छ फेसबुकमा अरुको चियो चर्चो गर्न, बलगिङ्ग अनि अफिसको मेल को रिप्लाइ धेरै धेरै धन्यवाद HOTEL ZAMLING ।

Tuesday, March 2, 2010

निशब्द

जिन्दगीको यात्रामा फेरी उहि कठिन भूभाग आफ्नो भागमा पर्यो। फेर अफिसबाट 13 जाना Japanese को trekking group को manager भएर त्यहि कठिन भुभाग अर्थात Everet base camp/Kalapather जानु परेको छ। खै थाहा छैन कहाँ सम्म जान सकिएला??? एक चोटी त नाम्चेबाजारमा नै लेक लागेको थियो तर यो चोटि त मैले 30 वटा oxygen cylinder किनेर पनि लग्दैछु।

जेहोस मालई हिड्ने काम भने पछि एकदम अल्छि लाग्छ। तर पनि १३ दिन को यो कठिन पदयात्रा पार गर्नै पर्यो। जे भए पनि म Trekking सके पछि आफ्नो अनुभब लेखुँला। यदि सकुशल फिर्ता आउन सकेँ भने।