Sunday, October 4, 2009

अनुभब

Mr.n Mrs. Hirao

आज सम्म र अहिले पनि मलाई हिराओ दाजुको घरमा मैले बिताएको क्षण, जुन मायाले, आतीथ्यले र सत्कारले ओहोतप्रोत भए त्यो भन्दा पनि मेरै घरमा झैं मैले आनन्द महशुस गरें। जापानीज को घरमा Home Stay गर्नु भनेको चानचुने होईन , असाध्यै गारो काम हो। साधारण कुरा को उदारण हो यो : घरभित्र जांदा जुत्ता फुकाल्ने तरिका हुन्छ जुन उनीहरुले एकदम बिचार गरेका हुन्छन। जुत्ता फुकालेर भित्र छिर्नु अगाडि त्यो जुत्तालई पुन: फेरि ढोकातिरै फर्काएर मात्रै भित्र छिर्ने उनिहरुको चलन छ किनकि पछि फेरि बाहिर जाँदा जुत्ता लगाउन सजिलो होस भनेर । यस्ता बिचार गर्नु पर्ने कुराहरु त पाइलै पिच्छे छन्
अनि म जापान जानु अगाडि मैले अफिसको एकजना जापनीज co-worker बाट अलीकति जापानको चालचलन सिकेको थिएं। तर पनि म त जापानीजको ब्यबहारको अगाडि ढुङ्गे युगको असभ्य मान्छे जस्तो लाग्यो। मैले जापानीजको धेरै प्रशंसा गरेर फइदा लिन खोजेको होईन। अरु बिषयमा उनीहरुको पनि कमजोरी होलान तर उनीहरुको manner, मिहेनतर ईमान्दारी अनि सरसफाईमा उनीहरु साँचीक्कै जगतमै अगाडि होलानकी? Nagoya मा बसेको बेलाम घरको मूली आमा त झन म बाहिर बाट फर्किदा होस या बाहिर जाने बेलाम होस मेरो जुत्ता संधै हातले बोकेर दिनुहुन्थ्यो र पुरै टाउको लाई भूंईमा झुकाएर स्वगत र बाई बाई गर्नु हुन्थयो त्यस्तो बुढि आमाले गरेको मायां र सत्कारले म त नतमस्तक हुन्थें। अनि हिराओ दाजु को घरमा पनि त्यस्तै जापानीज संस्कारले मेरा दिन बितेता पनि उहाँले मलाई अलि अलि नेपाली पाराले Treat गर्दिनु भएकोमा मा सार्है आभारी छु। यस भन्दा अगाडि पनि मेरो र उहाँवको एक चोटि offical रुपमा भेट भएको थियो। झण्डै एक बर्ष अगाडि श्रीमती सहित काठमाणडु आउनु भएको थियो एउटा जापानीज Arukikata Japanese Guide को Edition Project मा त्यो बेलाम मेरो अफिसमा टिकेट र अरु चाहिने आबश्यक यात्राको सामाग्री बनाउन को लागि आउनु भएको तियो तर त्यस बेलामा उहाँ संग मेरो खास मिठो भेट भएन किनकि म पनि कामा ब्यस्त अनि उहाँले बोल्नु भएको नेपाली भाषामा अलिकती आफ्नै श्रीमतीलाई हेपिएको थियो त्यो जानी जानी नेपाली पाराले हेप्नु भएको रहेछ। तर मालाई थाहा थिएन की त्यो केटि आफ्नै श्रीमती रहीछिन भनेर त्यसैले मैले तरुन्त भनें "किन त्यस्तो नेपालि भाषामा एक जना केटिलाई हेप्नु भएको"? हुन त मेरो यो सरोकारको बिषय त थिएन कि मेरो अफिसमा आउने ग्राहाकको आन्तरीक सवालमा.... अनि हिराओ दाईले भन्नु भयो किन आफ्नी श्रीमतीलाई पनि तं भन्नु हुंदैने र? के हजूर भन्नु पर्छ?? अनि पो थाहा भयो कि Mrs. Hirao हुनुहुदो रहेछ भनेर।
अनि उहाँ को घरमा म बसेको बेलामा मलाई सजिलो होस भनेर मैले खाना पकाउने रे त्यो पनि नेपाली खाना अनि भाँडा पनि माझ्नु पर्ने रे। ओहो!! कति महान उहाँको बिचार। मैले संकोच मान्छू फोगटमा कसैको घरमा बसेर खानको लागि भनेर, अलि अलि काम दियो भने मेरो पनि अधिकार हुन्छ रे खान र बस्न को लागि, मैले कुनै संकोच मान्नु पर्दैन रे.... मैले उहाँको बिचार बुझेको छु असाध्यै ज्ञानी र सरल मान्छे। उहाँले आफ्नो किताबमा एउटा मिठो अनुभब लेख्नु भएको रहेछ त्यो म पछि यही ब्लगमा लेख्नने छु .

यात्रा


मलाई जापानको यात्रा भरि खास भाषा, खाना, बाटो कुराकानी आदि कुनैमा समस्या परेको थिएन किनकी हर बखत गाईडको रुपमा कोहिन कोहिको हातको औंला समातेर घुम्न पाएको थिएं। तर आज देखि अर्थात Nagano to Tokyo सम्मको यात्रा आफैंले गर्नु थियो, साथमा कोहि पनि थिएनन्।, गाईडको रुपमा ।तर आजबाट Tokyo जस्तो बिशाल माकुराको जालो जस्तो बाटो त्यो भन्दा पनि Train station को कहाली लाग्दो route मान्छेको भीड, जात्रा मा हराएको बालक हुइन्छ कि? .......

जेहोस म Tokyo मा जुन ठेगाना मा जानु पर्थ्यो त्यहाँ सम्म पुग्नु भनेको मेरो लागि चन्द्रमाको यात्रा जस्तै भएको थियो। तर म बस्ने घरको भगवान जस्तो आदरणीय दाजु मलाई लिन Tokyo को Ikebukuro सम्म आएको देखेर त मेरो खुशी को सिमा रहेन। अनि वहाँ दाजु Mr. Kazuo Hirao संग त्यहाँ देखि घर सम्म जाने बाटो, एउटा भर्खरै बामे सर्न लागेको नानीलाई सिकाएझैं मलाई सिकाउदै घरमा लानु भयो। किनकी भोली देखि त मैले आफै Tokyo संग परिचय गर्दै उस्लाई दौंतरी बनाउनु छ। भोलिदेखि मेरो Offical visits हुने छ। आज सम्म त नितान्त घुमफिर मात्रै हो। भोलि देखि मैले मेरो अफिसको प्रतिनीधि भएर काम गर्नु छ।

Hirao दाईले घरमा पुग्दा साथ मेरो लागि खाना बनाउदै हुनहुन्छ

मलाइ Mr. Hirao को बारेमा यस ब्लगमा लेखन् एकदम लाज लागेको पनि छ, अनि त्यत्रो दुस्साहास गर्न पनि आंट छैन, Hirao दाजु को बारेमा मेरो जस्तो भाँच्चेको कलमले परिचय दिएर।म जस्ताले वहांको बारेमा ब्याख्या गर्नु भनेको वहाँको कद लाई छोट्याउनु हो। आफै बिभिन्न किताबकक लेखक, अनि ति किताब सर्बोकृष्ट भएर पुरस्कृत भइसक्नु भएको छ अनि वहां जापानीज भएर पनि नेपालको बारेमा अहिले सम्म मेरो भन्दा पनि धेरे ज्ञान छ। म त कट्टु पनि नलगाउने बेलाम नेपालको तातोपानी भन्ने स्थनमा बसेर नेपाली नेपाललाइ माया गर्दै एउटा पुरै गाऊको रैथाने ठिटो बनेर बस्नु भएको थियो। वहांको बारेमा पछि पनि लेखुला जेहोस हिराओ दाई यो ब्लग मार्फत पनि तंपाईलाई धन्यबाद।