Wednesday, May 28, 2008

लोकतन्त्र

हाई गणतन्त्र!!

जेहोस गणतन्त्र तिमी आयौ तिमिलाइ ह्रिदय देखिनै स्वगतम स्वगतम स्वगतम। तिमी यती सजीलै सँग आँउने कुरामा ममा कदपि बिश्वस थिएन किनकि तिमीलाई लीन जाने डोलेरुपी नेताहारुको राजनीतिरुपी चरित्र देखेर। त्यसैले नै मैले स्वगतकोलागि घडा पनि थाप्न भ्याईन, सगुन पनि टक्र्याउन सकिन तर थाहा छ तिमि हाम्रै कल्याण गर्न आएकी हौ त्यसकारण हाम्रो सानो गल्तीबाट तिमी भाग्दीनौ होलि।

हे गणतन्त्र! मेरो सानो बिन्ति छ तिमिलाइ, किनकि तिमीलाइ हामीले धेरै नचीनिकनै भित्र्याएकाछौं। तिम्रो जात थाहा छैन, तिम्रो कुल, खान्दान, गुण, केहि पनि थाहा छैन। धेरै देखासीकि र नक्कल गरेर तिमीलाइ हामीले बुहारी बनाउदैछौ। तिमीले नै यो अशान्त र भत्केको घरलाई नयाँ घर (नयाँ नेपाल) बनाउछौ भन्नेमा हामि ढुक्क छौँ, अनि तिम्रो बिकल्प छैन किनकि तिमीलाई भत्र्याउनु अगाडी हामीले तिमी जस्तै तन्त्र रुपी बुहारी जस्तै : प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र अनि अहिले तिमी गणतन्त्र। अब तिमीले पनि घर बनाएनौ भने हाम्रो घरको बिकल्प के त?
हामीले तिमीलाई हिजो २०६५ जेष्ठ १५ बुधबार २३:२५ ( 2008 May 28, Wednesday , Time 23:25 ) साईत गरेर भित्र्याएकाछौ।
अब सम्पुर्ण घरको साँचो तिमीलाई दिएकाछौ अब हाम्रो घररुपी नेपालको भबिष्य तिम्रो हातमा। सम्रिद्द बनाउनेकि दरिद्र...............
Federal Democratic Republic of Nepal

Wednesday, May 21, 2008

जीबन


यो हप्ता एकदम नैरश्यतामा पौडिरहेछु। अझै किनारा फेला पारेको छैन।

एक्कासी कम्मरको पछाडितीर दुखेको कारणले म एकदम छटपटाएर अस्पताल पुगेको थिंए मध्यरातमा। आखीर रहेछ किड्नीको समस्या.......... दुबै किड्नीमा स्टोन, एउटा किड्निले त कामनै नगरिकन बसेको जुन सुन्निएको र अर्को चाँहि ढुङ्गा बोकेर अलि अलि कामगरेर मलाई बँचाइ राखेको त्यसकारणले धन्यबाद त दिनै पर्यो।

तर गुनासो पनि छ... आखिर किनत यति चाँडै मेरो किड्नीमा किन स्टोन भयो? मैले मायाँ गरेकै थिँए। झन किड्नी र हेल्थको लागी भनेर ८ बर्ष अगाडीनै चुरोट, सुर्ति, पानपराग, सुपारि समेत गुमाएँ। अब अल्कोहल कुरा त्यो पनि १० महिना अगाडि नै लात मारिसकेको छु। त्यो भन्दा अगाडि चाँहि यसो बेलुका 2 or 3 पेग Whisky पीउँथें। म बिश्वास गर्दिन कि यतिले नै याति खराब गर्यो भनेर। युरोप मा बसेको बेलामा चाहिं मजाले पीएको थिएं। फर्केर आएपछी त सदाको लागि भनेर छोडेको थिएं, त्यहि ठूलो कामको ऊपहार हो Kidney Stone. अब मलाई बधाइ दिन नबिर्सिनु है यति ठूलो उपहार पाएकोमा

Wednesday, May 14, 2008

दैनिकी


नियमित्ता हुने कुरा भनेको एकदम गार्हो कुरा भइरहेछ मलाई। तर अरुलाई नियमित्ताको बारेमा सिकाउनु पर्यो भने, प्रबचन दिनु पर्यो भने म असाध्यै राम्रो शिक्षक हुने गर्छु। आज बिहान बिराट समयमा नउठेकोमा मैले नियमित्ताको बारेमा झण्डै १ घण्टा प्रवचन गरें त्यस्को शिकार अलि अलि शान्ती पनि भईन। बिचरा बिराट र शान्ती मेरो प्रवचन मन नपरेपनि सुन्नु पर्थ्यो र सुने पनि...........

जब मेरो बिहान को खाना खाएर अफिस जान लागें , अनि बिराटले भन्यो बाबा किन आज मोटरसाइकलमा ?? हजूर को त आज साइकलमा जाने दिन हो ... अनि अचेल हजूरले साइकल नचढेको पनि धेरै दिन भइसक्यो। त्यसपछि शान्तीले पनि सहि थपीन हो त अरुलाइ भन्न मात्रै सजिलो आफुमा पनि नियमित्ता हुन पर्यो।

हो त मैले पानि धेरै सोचेर, बिचार गेरेर, आर्थिक मेनेजमेण्ट गरेर रु.२०००० को माउण्टेन बाईक किनें। साइकल किन्नु अगाडि मेरो सोच थियो- पेट्रोल बाट पैसा बँच्छ, हेल्थ राम्रो हुन्छ, बाताबरण जोगाउनको लागि पनि सहयोग हुन्छ आदि आदि.... म २ महिना युरोप घुमेर आउदा मेरो मनमा यो साइकल चढ्ने सोच आएको थियो। किम र किमको परिबारले पनि मलाई भनेका थिए कि म नेपाल गएपछि साइकल चढ्नुरे.... । घरमा बेन्च कार हुने युरोपियनहरु पनि कम्तीमा हप्ताको १, २ चोटि भएपनि नियमित् साइकल चढ्छन। अझ बुढेशकालका बुढा बुढिहरु त झन हरेक दिन साकल चढ्ने गर्छन। शनिबार र आईतबार तो घाम लाग्यो भने ओहो साइकल चढ्ने को ताँती सडक भरी हुन्छन। निक्कै रमाइलो देखिन्छ।

आजबाट म पनि नियमित हुने कोशिस गर्छु, तर खै फेरि पनि छेपाराको उखान हुने हो कि?

Tuesday, May 13, 2008

यात्रा


किन होला मलाई अझ सम्म त्यहि पहिलो Motor Bike अर्थात मेरो जिन्दगीकै पहिलो कमाईको म जस्तै कालो बाईक मन परिरहेको छ ? मेरो जीबनको त्यो पहिलो कमाई भएर हो कि? यो बाइक बेचेको दिनत असाध्यै नरमाईलो लागेको थियो। अरुलाइ दिने बेलामा त झण्डै रुँदै मुइनै खाएको थइन।अहिले सम्म पनि एकदम सम्झना आउँछ। कस्ले प्रयोग गरिरहेको होला? बाईक असाध्यै लक्षिणको थियो।मैले उस्को नाम काली राखेको थिए। ८ बर्ष सम्म मलाइ यो कालीले सुरक्षीत राखेर उस्कै सौताको आगमन पछि उ मबाट टाढा भई। तिमि जहाँ भएपनि मेरो सम्झना छ। तिमिलाई अझै मैले मुटुमा राखेको छु। तिमिलाइ याद होला नि मैले कति अरु साथिको मन दुखाएको छु कि तिमिलाई उनिहरुले मागेको बेलामा नदींदा......... मैले धेरै मित्र गुमाइदीएं तिम्रो लागि। ल जेहोस असिम मायां तिमीलाई

काठमाण्डु



आज भोलि काठमाण्डुमा हिँडदा खेरि मलाई सँधै एउटै द्रिष्याले मेरो दिमागमा रिसको पारो आसध्यै बढाउछ भने कहिले मान्छे र पशु नै छुट्याउने सानो काम पनि मेरो दिमागले गर्न सक्दैन। सरकारले लाखौँ खर्च गरेर आम जनताको जीबन शुराक्षा होस र Traffic System राम्रो होस भनेर आकाशे पुल(Sky Bridge) बनाईदिएको छ तर पनि हामी मूर्ख मान्छे आकाशे पुल(Sky Bridge) प्रयोग नगरी ब्यस्त सडकमा गाडीलाई असाध्यै बाधा पुर्याएर ट्रफिक जाम गरेर बाटो काट्छौँ। अलिकति Basic Manner पनि नभएको देख्दा यतिको गति छाडा जनताको लागि नयाँ नेपाल “सुङ्गुरको स्वर्गको यात्रा”जस्तै हुन्छ होला। हे भगवान! किन होला अति सानो ज्ञान र संस्कार पनि नभएको शुन्य घैँटोरुपी मनुष्य हुन्छ र? हामी पनि त सभ्य हुनुत अवश्या पर्छ। यस्को शुरवात हामी बाट नभए कसबाट शुरू गर्ने हो? यो पनि त अनुशासनको बिषयमा नै पर्छ होला। आकशे पुल(Sky Bridge) चाँहि खाली तल भने सबै जना गाडि जाम बनाएर भन्छन “ मानिसलाई पहिलो प्राथमिक दिनु पर्छ” अनि म भन्छु “पहिलो प्राथमिकता त मानिसलाईनै हो पशुलाई होइन"।