Saturday, August 28, 2010

यात्रा

आज एकै बिहान मेरो यात्रा स्यंम्भुनाथ तिर थियो। मौसम त ठिकै थियो किनकी पानी चाही परेको थिएन तर बादल डम्म लागेर कुनै पनि बेला पानी पर्ने खाल्को थियो। बिहान स्यंभुनाथ जान मलाई असाध्यै मन मन पर्छ। त्यँहाबाट देखिने दृष्य र त्यँहिकै बातबरण एकदम मन पर्छ।

स्यम्भुनाथ अगाडि। Praying Flag को पछाडीबाट खिचिएको फोटो


स्यम्भुनाथबाट देखिएको काठमाण्डुको दृष्य

अनि मलाई यहांका बाँदर असाध्यै मन पर्छ झन माथिको जस्तो सानो हो भने त घरमानै लगेर पाल्न मन लाग्छ। मिल्ने भए लगेर पाल्थें होला। आखिर यो संसार त यस्को पनि हो। मेरो जतिकै हक त यस पृथिबीमा यस्को पनि छ।

Friday, August 27, 2010

यात्रा

जिन्दगीमा बिदा भने पछि कस्लाई मन नपर्ला र? म पनि अपबाद चाँहि पक्कै होईन त्यसैले बिदामा जान पाए पछि असाध्यै खुशि लाग्छ। झन्डै २ हप्ता अगाडि मेरो र साथको जोडि सहित नगरकोट गएका थियौं। केही फोटोहरु:

बिहानीको दृष्य नियाल्दै

खाना खानु अगाडीको चुस्की

हामी बसेको होटेल

Saturday, August 14, 2010

अतित

आजको शनिबार मैले घरमानै बिताउने निधो गरेनुसार हिजो अफिसबाट घर आउँदा नै मोबाईल, iPod, अफिसको केही फाईलहरु जुन दिन काट्ने बन्दो बस्तीको सामानहरु सहित आएको छु। कहिले काँही घरतिर डुल्दा पनि एकदम रमाईलो हुन्छ किनकी मेरो गाँउ साँचिक्कै शुन्दर छ।

मेरो गाँउको दृष्य

बिहान उठेर यसो मन्दिर तिर जाने चलन छ अनि पसलमा बसेर चिया खाने पनि। मजा हुन्छ शनिबारको बिहान साथि भाईहरुसंग चिया पिउन।

आजको मेरो प्लान थियो कोठा सफा गर्ने अनि यसो फूल बिरुवाको काम गर्ने। तर फुल बिरुवाको काम गर्न चाँही सकिन किनकी लाम्खुट्टेले सार्है नै टोकेको हुनाले।

कोठा सफा नगेरको पनि धरै भएछ । ओहो! गाँउको माटोको घर त्यहाँ माथि बर्खा समयको । ढुसी, चिसो, हिलो …..

साफा गर्दा यो उ त्यो भन्दा भन्दै पुरान किताबका खात, दराज, कुना काप्च सबै सफा गर्नु पर्यो। जब पुराना कितब र स्कूल पढ्दाका केहि बाँकी किताब कापी पनि पाएँ। ओहो! झन्डै २०/२२ बर्ष अगाडिका क्षणहरु पुरै मानसपटलमा घुम्न थाले अनि त सफा गर्ने भन्दा पनि ति किताब कापी पल्टाएर हेर्न पो मजा आउन थाल्यो। ९/१० कक्षाका किताब र कापि त्यो बेला को आफ्नो अक्षर …..

तिनै कुनै किताबको बीचमा कापीको पाना पाएँ। ओहो फेरी पुरानो अतित को सम्झना आयो। त्यो पाना थियो ९/१० कक्षा पढ्दा म मेरो घर नजीकैको १ जाना केटीसंगको मायां प्रीतिमा डुबेको बेलामा उनीले पठाएको लभ लेटर। जेहोस त्यो अतित नै हो अलिकति त मुटु नछोएको त हैन अब त्यो अतिलाई अतितमै राख्नु ठिक लाग्यो। तर पनि त्यस पेपरमा उन्ले लेखेक एउटा कबिता जुन मेरो नामबाट बनाएकी थिईन त्यो कबिता। त्यो कबिता चाही याहां उतार्छु

रन्थनीएका पिडित आत्माहरु
घुम्छन यहां मृग तृषणा बनेर
नारी स्वतन्त्रताको विगुल फुक्न
थकाई अनि पिडाहरुमा पनि
पौडन खोजेका कुन्ठित भावनाहरु
डेबरा जस्तै सुशिल बनेर
लक्ष कतै प्राप्ती हुन्छ की भनेर

उनी लेखनमा असाध्यै मायुर थिईन। नेपालीमा भाषामा संधै अग्र। भन्नु पर्दा मलाई आई. ए. मा नेपाली ब्याकरणमा पास गराउने पनि उनी नै थिईन।

जेहोस आजको शनीबार अलि अलि काम गरेर अनी परिबार संगै बसेर बिताए।