Saturday, June 28, 2008

यात्रा


आजभोली घरबाट अफिस आउदा जाँदा यस्तै दृष्यहरु नियाल्दै आनन्दसंग अफिस आइन्छ।नेपालको मौसम संधै यस्तै भएपनि हुन्थ्यो। यो दृष्य सानोगाउँबाट खिचेको हुँ। घरदेखि ग्वर्को सम्म त बाईक चलाउन रमाईलै हुन्छ, अहिले त बाटो पनि एकदम स्मूथ नै छ तर ग्वर्को देखि ठमेल सम्म को बाटो ट्राफीक,हर्न,फोहोरको थुप्रो उफ काली लाग्दो हुन्छ।
त्यसैले म अचेल अफिस आवोर छल्ने गरि बिहान ७ बाजेतीर र बेलुका पनि ७ बजे तीर नै हिड्छु। मोबाईल मा गीत सुन्दै यो बाटोमा हिड्दा एक किसिमको रिफ्रेसमेण्ट चाँहि पक्कै हुन्छ्

Thursday, June 26, 2008

अनुभव

धन्यबाद जापानीज एम्बेसी
नेपालमा धरै देशका एम्बेसीहरु छन। तिनिहरुको आ-आफ्नै नियम छन। नेपालम आवस्थित प्रमुख एम्बेसीमा अमेरिकन, जापानीज आनि युरोपीयन हुन। यिनीहरुको भिषा सेक्सनमानै हो नेपालीको लामो लाईन। मेरो अनुभवमा जापानीज एम्बेसी बाहेक अमेरिका र युरोपियन एम्बेसीमा भिषा को लागि आबेदन दर्ता गर्नको लागि लगभग रु.६००० शुरुमानै तिर्नु पर्छ र जुन रकम भिषा नपाएपनि फिर्ता हुंदैन। नेपालीको लागि रु.६००० भनेको ठूलो रकमनै हो। यी ठूला एम्बेसीमा प्रत्येक दीन भिषाको लागि कम्तीमा पनि ५० जनाको रु.६००० सहितको लाईन लाग्छन। तर जापानीज एम्बेसीमा भिषा को लागि आबेदन दर्ता गर्दा निशुल्क हो। यदी भिषा पाएमा रु.१६९० र नपाएमा एक पैसा पनि तिर्नु पर्दैन। भिषा नपाउनेलाई बरु एम्बेसीलाईनै घाटाहुनेगरि ठूलो खामामा पासपोर्ट र कागजपत्र राखी फिर्ता हुन्छ। कम्तीमा त्यो खाम दिंदा एम्बेसीलाई फाइदको सट्टा घाटा त हुन्छ नी।
अनि मलाई लाग्यो जापानीजहरुले चाँहि साँच्चिकै नेपालीलाई माया गर्दा रहेछन।

Monday, June 23, 2008

यात्रा

यो दिन मेरो लागि एकदम गार्हो दिन थियो किनकी अफिसको पिक्नीक थियो जहाँ मेरो सबै भन्दा प्रिय खानेकुरा बनेको थियो त्यो हो सेकुवा। सेकुवा पनि खसीकै।अहिले पनि मुखाभरि पानि आइसक्यो। सेकुवा र Royal Stage Whisky भने पछि म दंङ्ग तर अहिले चाँहि No more alchol रक्सी छोडेको त लागभग ९/१० महिन नै भइसक्यो।
मेरो Kidney Problem भएपछि मेरो डक्टरले Animal Production केहि पनि नखानु भनेको छ। तर पनि मन थाम्न नसकेर १/२ पिस खाए। स्टाफहरुले पनि नखानको लागि अनुरोध गरेका थिए। स्टाफहरुले पनि नखानु भनेपछि मैले भने यदि मैले नखाइकन हेरेर मत्रै बसें भने तिमिहरुको पेट दुख्छ त्यसकारणले मैले खाएको भनेर भनेको थिए। यो त खालि निहु मात्रे थयो। किनहोला मासु भनेपछि हुरुक्कै भएको यो मन।
आहा क्या मीठो खसीको सेकुवा

Wednesday, June 11, 2008



शुभ यात्रा ज्ञानेन्द्र जी

खै के भन्नु तिमी त बिचरा रहेछौ। तिमि त केटाकेटीको हाउबुजी रहेछौ। तिमी त श्री ५ महाराजधिरज ज्ञानेन्द्र बीर बिक्रम शाहदेब पो हौ। बाफ रे बाफ!! राजा। तिमी त त्यत्तिकै कहाँ पुच्छर लुकाउँछौ र? मलाई अझै पत्यार लगेको छैन तिमी त सानो टुक्रो नागर्जुन पाएर दङ्ग भएर जान लागेकोमा। तिमी राजा हुँदा भोलीको दिनमा बालजुको " टोल सुधार समितिको अध्यक्ष भए पनि खुशी हुन्छौ होला। ओहो! तिमि त राजा पो थियौ बिचरा....
मलाई अहिले पनि राजसँस्थाको माया लाग्छ तर तिम्रो हठले आज त्यत्रो ईतिहास बोकेको राजसँस्थालाई भीरबाट खसाली दियौ। तिमीले ओठ लेब्राको देख्दा तिमी त साँचिक्कै केहि गर्छौ होला। देशको कायापलट त तिमीले फेर्छौ जस्तो लाग्थ्यो तर तिम्रो आफ्नै कायापलट भएको देख्दा ..... राजाबाट जनता..... तिमीबाट मैले एउटा शिक्षा चाँही पाएको छु " जस्तो असफल भएपनि बाँच्नै पर्दो रहेछ।