Monday, July 14, 2008

दैनिकी

आहा! यहि हो नेपालको स्वद।
आजभोली म र मेरा अफिसका सहकर्मीहरुको खाजामा अलौटा मकै जमेको छ। दिउसको २ बज्न नपाउदै मकै मकै भन्ने कुरा चल्छ अनि यसो झ्याल तिर हेर्दै मकै आयो की भनेर आँखाहरु उतै बाटा तिर सोझिन थाल्छन

मकै ल्याउने दाई पनि गजबको छन चट् टिमुर हालेर बनाएको नुनखुर्सानी, अनि कलिला अलौटा मकै बोकेर ठ्याकै २ देखी २:३० को बिचमा अफिसको ढोकाम टुप्लुकन आइपुग्छन र भन्छन "सरहरु आज कति बान लेराउं? हामी कहिले काहीँ २ बान खान्छौ कहिले ३ बान । त्यसैले उनी हामीलाइ संधै सोध्छन र हामीलाई टन्न खुवाएर मात्रै अन्यत्र लाग्छन।

मेरो Kidney समस्या भएदैखिन मैले खाजामा ठमेलका Junk Food खान छोडेको छु। यो अलौटा मकैलाई कुनै Junk Food ले भेट्दैन नस्वदमा न स्वस्थ्यकरमा।

जहोस यो बर्षा अलौटा मकैले मिठो बनाइदिएको छ।

Saturday, July 12, 2008

यात्रा


हिजो शनिबार दिनभरि अफिसमानै बसियो। मलाई शनिबारको अफिस एकदम रमाईलो जाग्छ। शान्त, कामको चाप कम, स्टाफ पनि नहुने, टेलिफोनको घण्टी पनि त्यति नबज्ने, जेहोस distrube रहित अफिस हुनेहुनाले मलाई शनिबारको अफिस मन पर्छ

अफिस बसेर खाजामा अहिलेको अलौटा मकै खाँदाको स्वद त दामी हुन्छ। चट् नुनाखोर्सानीसीत अहिलेको अलौटा मकै चपाउनु को मजा अरु केमा पाईन्छर?

तर घर फर्किनेबेलामा चाँही परेको पानीले झण्डै ठमेलमानै बास बसाल्दिएको थियो। घनघोर पानी परेको हेर्दा त पानी नरहने र काठमाण्डु भरिनै आएको जस्तो लाग्थ्यो। ल होस पानी परे पनि परोस घर त समयामानै जानु पर्छ भनेर Raincoat लगाएर झमझम पानीमा मोटरसाईकल हुँक्याइयो। ओहो! जमल पुग्दा त बाटो भरि सबै गाडीहरु आलाबसेका रहेछन जमलको बाटो त पुरै swming pool मा परिणत भएछ। अनि त्यो बाटो जान नसकेर म फेरि फर्केर अर्कै बाटो तय गरेर गएं तर आस्चर्य लाग्दो कुरो चाही जब म सिंहदरबारतीर पुग्दा त ओहो धुलो उडेर पानी को त थोपो नै छैन। मैले लगाएको Raincoat देखेर सबै मान्छेहरु पुलु पुलु मेरो मुखमा हेर्दा लाजले तुरुन्त Raincoat फुकालें। जम्मा २ कि. मी. को फरकमा पनि यत्रो मौसमको अन्तर। जेहोस त्यसपछि Raincoat लाई पुरै झोलामा कोचेर घरतीर गइयो

अनुभव



यस्तो सफा बाटोमा साइकल को यात्रा गर्न पाउदा त रमाइलै भएको थियो। १ दिनमा लगभग ४०‍- ५० कि. मी. चढ्दा पनि खासै थाकइ चाँहि नलाग्ने रहेछ। बाटो सफा सम्म र smooth भएर हो की ? यहाँ म कहिले काँहि अफिसबाट घर जाँदा जम्मा १५ कि. मी साईकलको पाईडल घुमाउदा ओहो थकाई, पसीना...... भुतुक्कै भईन्छकी जस्तो।
हाम्रो देशमा कहिले होला साईकल चढ्नेलाई प्रोत्सहान स्वरुप Cycle Track बनाउने? कहिले होला हामी नेपाली जनतामा साईकल को महत्वको चेतना आउने ?

Friday, July 11, 2008

यात्रा

आज अनायसै मेरो मनमा ती क्षणहरुको सम्झना आयो जुन मेरो जीबनको पहिलो र अबस्मणीय क्षण हुन। युरोप जाँदा Bangkok मा ४ घण्टा को Transit थियो ,त्यहाबाट सोझै Frankfort हुदै Brussels सम्म थियो तर खै के समस्या परेछ Thai airlines ले मेरो त पुरै Flight नै चेन्ज गरिदिएर Switzerland को Zurich हुदै Brussels को Route पो तयार गर्दियो। अनि मैले सोधे किन तंपाइहरुले मेरो Route नै चेन्ज गर्दिनु भएको ?? त्यसपछि ओहो!! कत्रो मिजासले भने "W e are Extremly sorry for your inconvineces sir. We have techinical Problem on your requested flight .We have promoted your class in "Royal thai first Bisiness Class". म घरबाट हिड्ने बेलाम मेरो गुरुले र पिताजीले राम्रो सगं टिकाटाला गरेर पाठ गरिदिनु भएको थियो त्यसैको फल हो की यो, जिन्दगीमा पहिलो चोटि यति लामो यात्रा गर्दा यो मौका आएको। अनि मैले भने "हुन्छ म तंपाइहरुको आग्राह मानीदिन्छु"। भित्र भित्रै चाहि आहा Bisiness Class मा सयर गर्न पाऐ जुन Route भएपनि त हुन्छ नी मलाई। अनि Airlines को Staff ले त Thankyou सहित अझै Royal First Lounge को Coupen पो दिए। ओहो ! अब सपनाकी बिपनाहो ? अब मलाई कस्ले छुने?
Business Lounge in Bangkok Airport
Business Lounge को मोजमस्ती पछि Aircraft चढ्नेबेलाम चाँहि अलिकती गारो भयो किनकि T-shirt र Half Pant मा थिएं। त्यो पनि क, ख, ग लेखेको ठमेलमा किनेको T- shirt लगाएर Business Class मा । जेहोस म रातभरी नसुतीकन Schocth Whisky मा नै १२ घण्टा बिताए। Bangkok to Switzerland Direct flight को लागि १२ घंटा लाग्ने रहेछ

Business class को स्वदहरु....


Wednesday, July 9, 2008

अनुभव

आज बिहान सदाको झैं अफिस जाँदा घर नजीकै को चिया पसलमा(दोश्रो संसद भवनमा) बसेर चिया को घुट्को संगै कस्लाई भाबी राष्ट्रपति बनाउने जस्तो अति संबेदनशील बर्ता भइराखेको थियो, साथिहरु भन्थे "गिरिजा, माकुने, हैन हैन प्रचण्ड उ पनि हुदैन यार .........
यस्तै गम्भीर क्षणमा मेरो पिताजी आएर भन्नु भयो- "छोरा तिमिले त्यो काम गर्यौ? ला चाँहि नभन, यो ला बन्ने Tense(काल) को अर्थ त छ तर यो हम्रो जिबनको शत्रु नै हो। बुवाले मालई लागभग ५ दिन अगाडि एउटा कामको लागि जिम्मा दिनु भएको थियो, त्यो काम पनि खास मेरै लागि थियो तर पनि मैले नगरेको देखेपछि बुवाको कथन थियो। यो गरौंला, जाउंला, पढौंला भनेर काम छैन। गरौंला नभनिकन समयमा नै गरि हाल्नु पर्यो।
ओहो!! राष्ट्रपति बनाउने जस्तो अति संबेदनशील बार्ता भन्दा पनि यो कुराले सबैको ध्यानाकर्शण भयो।सबै साथिहरुले भने यस्ता सतही कुरा गरेर समय बिताउनु भन्दा त बुवाको कुरा ब्यबहारमा उतारे त आफुनै राष्ट्रपति हुंइन्थ्योकी ?

आज बिहान को यो कुरा ले मेरो मनमा छोयो। हो मेरो बानी यस्तै छ समयमा कुनै पनि काम नगर्ने। नानी देखि लाग्या बानि । बानी सुधार्न एकदम गारो काम हो।

Monday, July 7, 2008

अनुभव

यो Switzerland को एउटा गाउं

Switzerland VS Nepal

यो मेरो सानो गाउं लामाटार

युरोप घुमेर आएको पनि १ बर्ष हुन लाग्यो।मलाई त्यहाँको बिबिध सम्झनाले मेरो मानसपटलमा संधै गुंड लगाइ राखेको छ। मलाइ त्यहाको बिबिध दृष्य मध्ये संधै आकर्सण गर्ने त्यहाँको गांउनै हो।
तर आज बिहान उठरे घरको आँगनमा बसेर चिया खाँदा आफ्नै गाँउ दृष्यलेत मेरो मन आफिस जान मननै लागेन भर्खरै झुलकेको घाममा मेरो गाँउ एकदम नै रमाइलो देखियो।आज घरै बसेर गाँउका हरिया पहाड थिर घुमौंकी? अनि मन मननै बिचार गरें ओहो कति राम्रो छ मेरि गाँउ त्यो युरोम को भन्दा के कम? म यो दृष्य को अहिले नै फोटो खिचेर ती मेरा युरोपिन साथिहरुलाई किन नपठाउ।र भन्ने छु ल हेर मेरो आफ्नो गाँउ.....मेरो गाँउ VS तिमीहरुको गाँउ।
अनि आज अफिसको बेजोड काम भएपनि महिले सबै काम लाई थाँती राखेर फोतो Internet मार्फत मेरो सबै युरोपीयन साथिहरुलाई पठाई दिएं।

Sunday, July 6, 2008

मेरो आँगन


यो मौसम मलाई एकदम मनपर्छ मात्रै म हिंडेको बेलामा पानी परेर नभिजाओस, बस पुग्छ। जताततै हरियालि, सफा पहाड, खासै धुलो पनि नहुने। म आज भोलि बिहान उठेर घरको छतमा जान मन लाग्छ अनि छतबाट देखिने landscape , Katmandu View असाध्यै हेरिरहन मन लाग्छ।
मेरो घरमा बसेकी बिदेशिले भनेकि थिईन – कति आनन्दको ठाँउ?? तिमीहरु त आसाध्यै भाग्यमानी....... जेहोस उन्ले मलाई फुर्काए पनि,यो ठाँउ चाँहि शुन्दर छ मलाई चाही यो सिजनमा देखिने पहाड शहर आदी शुन्दर लाग्छ