

जापान घुमाईको क्रममा बिभिन्न नयाँ चिजहरु र स्थानहरुको अनुभब गर्दै जुलाईको ३० तारिक को दिन म त्यहाँको Public Bus चढेर Tokyo जाने क्रममा मैले बाटो घाटोमा देखेका बिकास नै मलाई अच्चम लाग्यो मैले साथिहरुलाई पनि भनेको थिए की जापानको बाटो र पुल देखेर त कल्पनानै गर्न सकिन जुन कल्पना मा नेपाल हुन्छ। युरोप घुमेको बेलाम त्यहाँका High way देखेर ओहो युरोपलाई त भूगोल ले पानि साथ दिएको छ बाटो घाटो बनाउनको लागि हाम्रो नेपाल मा त पहाडै पहाड कसरि यति राम्रा High Way कल्पना गर्न सकिन्छ र ,भन्ने सोच मेरो दिमागमा थियो तर जापानो नागोया बाट Tokyo जाँदा पो थाहा भयो ओहो! हरेक चिज को सम्भब हुने रहेछ मानब जातीको लागि।
जापान मा पनि नेपाल का जस्ता थुप्रा पहाड छन त्यस्तो पहाडमा पनि High Way छ। सुरुङ्गि मार्ग, एउटा पहाड बाट अर्को पहाड सम्म जोड्ने एउटठ पुल , हेर्दानै कालि लाग्छ। जस्तो दुर्गम मा पनि उस्तै बाटो। हुन पानि किन जापान मा नहोस त? उनिहरु आफ्नो देशमा बाटो बनाई सकेरा होला नेपाल को कोटेश्वर देखि भक्तपुर सम्म त बाटो बनाउन आएका छन जय होस जापान र जापानीज को