Wednesday, June 11, 2008



शुभ यात्रा ज्ञानेन्द्र जी

खै के भन्नु तिमी त बिचरा रहेछौ। तिमि त केटाकेटीको हाउबुजी रहेछौ। तिमी त श्री ५ महाराजधिरज ज्ञानेन्द्र बीर बिक्रम शाहदेब पो हौ। बाफ रे बाफ!! राजा। तिमी त त्यत्तिकै कहाँ पुच्छर लुकाउँछौ र? मलाई अझै पत्यार लगेको छैन तिमी त सानो टुक्रो नागर्जुन पाएर दङ्ग भएर जान लागेकोमा। तिमी राजा हुँदा भोलीको दिनमा बालजुको " टोल सुधार समितिको अध्यक्ष भए पनि खुशी हुन्छौ होला। ओहो! तिमि त राजा पो थियौ बिचरा....
मलाई अहिले पनि राजसँस्थाको माया लाग्छ तर तिम्रो हठले आज त्यत्रो ईतिहास बोकेको राजसँस्थालाई भीरबाट खसाली दियौ। तिमीले ओठ लेब्राको देख्दा तिमी त साँचिक्कै केहि गर्छौ होला। देशको कायापलट त तिमीले फेर्छौ जस्तो लाग्थ्यो तर तिम्रो आफ्नै कायापलट भएको देख्दा ..... राजाबाट जनता..... तिमीबाट मैले एउटा शिक्षा चाँही पाएको छु " जस्तो असफल भएपनि बाँच्नै पर्दो रहेछ।

No comments: