Thursday, June 26, 2008

अनुभव

धन्यबाद जापानीज एम्बेसी
नेपालमा धरै देशका एम्बेसीहरु छन। तिनिहरुको आ-आफ्नै नियम छन। नेपालम आवस्थित प्रमुख एम्बेसीमा अमेरिकन, जापानीज आनि युरोपीयन हुन। यिनीहरुको भिषा सेक्सनमानै हो नेपालीको लामो लाईन। मेरो अनुभवमा जापानीज एम्बेसी बाहेक अमेरिका र युरोपियन एम्बेसीमा भिषा को लागि आबेदन दर्ता गर्नको लागि लगभग रु.६००० शुरुमानै तिर्नु पर्छ र जुन रकम भिषा नपाएपनि फिर्ता हुंदैन। नेपालीको लागि रु.६००० भनेको ठूलो रकमनै हो। यी ठूला एम्बेसीमा प्रत्येक दीन भिषाको लागि कम्तीमा पनि ५० जनाको रु.६००० सहितको लाईन लाग्छन। तर जापानीज एम्बेसीमा भिषा को लागि आबेदन दर्ता गर्दा निशुल्क हो। यदी भिषा पाएमा रु.१६९० र नपाएमा एक पैसा पनि तिर्नु पर्दैन। भिषा नपाउनेलाई बरु एम्बेसीलाईनै घाटाहुनेगरि ठूलो खामामा पासपोर्ट र कागजपत्र राखी फिर्ता हुन्छ। कम्तीमा त्यो खाम दिंदा एम्बेसीलाई फाइदको सट्टा घाटा त हुन्छ नी।
अनि मलाई लाग्यो जापानीजहरुले चाँहि साँच्चिकै नेपालीलाई माया गर्दा रहेछन।

No comments: