Saturday, July 12, 2008

यात्रा


हिजो शनिबार दिनभरि अफिसमानै बसियो। मलाई शनिबारको अफिस एकदम रमाईलो जाग्छ। शान्त, कामको चाप कम, स्टाफ पनि नहुने, टेलिफोनको घण्टी पनि त्यति नबज्ने, जेहोस distrube रहित अफिस हुनेहुनाले मलाई शनिबारको अफिस मन पर्छ

अफिस बसेर खाजामा अहिलेको अलौटा मकै खाँदाको स्वद त दामी हुन्छ। चट् नुनाखोर्सानीसीत अहिलेको अलौटा मकै चपाउनु को मजा अरु केमा पाईन्छर?

तर घर फर्किनेबेलामा चाँही परेको पानीले झण्डै ठमेलमानै बास बसाल्दिएको थियो। घनघोर पानी परेको हेर्दा त पानी नरहने र काठमाण्डु भरिनै आएको जस्तो लाग्थ्यो। ल होस पानी परे पनि परोस घर त समयामानै जानु पर्छ भनेर Raincoat लगाएर झमझम पानीमा मोटरसाईकल हुँक्याइयो। ओहो! जमल पुग्दा त बाटो भरि सबै गाडीहरु आलाबसेका रहेछन जमलको बाटो त पुरै swming pool मा परिणत भएछ। अनि त्यो बाटो जान नसकेर म फेरि फर्केर अर्कै बाटो तय गरेर गएं तर आस्चर्य लाग्दो कुरो चाही जब म सिंहदरबारतीर पुग्दा त ओहो धुलो उडेर पानी को त थोपो नै छैन। मैले लगाएको Raincoat देखेर सबै मान्छेहरु पुलु पुलु मेरो मुखमा हेर्दा लाजले तुरुन्त Raincoat फुकालें। जम्मा २ कि. मी. को फरकमा पनि यत्रो मौसमको अन्तर। जेहोस त्यसपछि Raincoat लाई पुरै झोलामा कोचेर घरतीर गइयो