Tuesday, October 28, 2008

अनुभब

ल हेरौं नयाँ नेपाल
आज बिहानै अफिस आउदा बाटोमा नरमाईलो अनुभब भयो। नयाँ सडक को पहाड जत्रो फोहरको थुप्रोमा आगो बालेर फोहर नष्ट गरेको दृष्य देखेर। यो अनेक थरिका फोहर जलेर निस्केको धंवा के बिष सरह हुदैनर? अनि यो धुवा पुरै नयाँ सडक भरि कुइरो लागे जस्तो थियो। कति जनालाई असर गरेको होला त?
यो नयाँ नेपालमा कुनै निकाय छैन होला कि यसरि फोहर बाल्न नदिने।
कुराले चिउरा भिज्दैन भने झैं हाम्रा नेता कुरा मात्रै ठूला गर्छन। अमेरिका देखि युरोप सम्मका टुर सकिसकेका नेताले यस्तो गन्ध र फोहर देकेर पनि केहि नबोल्ने नेता तिमिलाई हामिले केहि गर्न नसके पनि भाबि पिंढीले सराप्ने छ।