Thursday, February 26, 2009

यात्रा

नाम्चे Trekking को लागि लुक्ला सम्म हामीहरु प्लेनमा जानु पर्ने कारणले हामी बिहानै ६:०० बजेनै ऐरपोर्टमा पुगी सकेका थियौं। यो चोटि पनि सदाको झैं नेपलाको आनतरिक उडानहरु ढिलाहुने झैं १ घण्टा ढिलनै भयो। अनि हामि करिब ८:३० तीर लुक्ला पुगेका थियौ।


लुक्ला बिमानस्थल

लुक्ला अबतरण गरेपछि अलिकति भएपनि आनन्द आयो किनकी नेपालको पहाडी हवाई मार्ग एकदम डरलाग्दो छ। अनि अझ यो चोटि त प्लेन पनि एकदम हल्लाएको थियो। नाम्जुराको पासमा त ओहो !! के हो के हो...... २/४ महिना मात्रै यहि लुक्ला बिमानस्थलमा यति एरलाईन्सको बिमान क्र्यास भएको थियो।



लुक्लामा हामि ३० मिनेट जती चिया खाएर अनि अलिकति रेष्ट गरेर हामि आजको गन्तब्य फाक्दिङको लागि हिड्यौं।



लुक्ला देखि फाक्दिङ सम्म ३:३० घन्टामा मजाले पुगिनु पर्नेमा यो चोटि लान्चमा एकदम ढिला भएकोले लगभग हामी ५ घण्टा लगाएर पुग्यौं। मेरो खुट्टा अलि अलि त दुकेको थियो ने किनकी मेले पहिला नै भनेनुसार Urice Acide ले चापेको तर खासै गार्हो भएन।



तर जब साँजमा लज मा पुगे पछि त यसरी मेरो टाउको दूख्यो कि त्यो मेरो जिन्दगीमा पहिलो सहन नसकी म केहि क्षण मूर्छा परें छटपटाऐं। ओहो यति धेरै टाउको दुख्दो रहेछ। टाउको दुख्नुमा High Sickness पक्कै पनि होइन किनकि फाक्दिङको उचाई त जम्मा २६०० चानचुन त हो नी किन मलाइ High Sickness हुन्छ र तर जेहोस टाउको असाध्यै दुख्यो अनि सिटामोल खाए अनि Dimox ( Anti High sickness)औषधी खाएर सुतें।

फाक्दीङ गाँउ

3 comments:

Subin Shrestha said...

nice job for your mother place.

www.subin.wordpress.com

जीबनका क्षणहरु said...

Thanks Subin an your blog is great.
मेरो आँगन

Anonymous said...

Great photo keep it up
Raj