Monday, March 8, 2010

Tour


आज नाम्चे आएकोपनि ४ दिन भयो । समय त यति छिटो दौडिएको छ कि यहिको हावा सरि। जानु त कालापत्थरसम्म थियो तर के गर्नु हाम्रो ट्रेकर्स ग्रुपको सदस्यहरुमध्ये एकजना बिरामी हुनु भयो र म चाँहि उहाँलाई नै स्याहार सुसार गरेर बस्न परेकोले कालापत्थरको यात्रा सपनामा रुपान्तरित भयो हुन त कालापत्थर जान असाध्यै गारो हुन्थ्यो त्यहा माथि म जस्तो अल्छि तिग्रेलाई । तैपनि म पनि कालापत्थर पुगेको छु भनेर नाक फुलाउन पाइन्थ्यो ।

नाम्चे बजारमा खास समय बिताउन खास गारो हुदैन । प्राय जसो ले हाम्रो अफिस लाइ चिन्दो रहेछ किनकि अफिसको गाइडहरु प्राय सबै जसो होटेलमा बस्छ अनि अफिसको नाम लिदासाथ सर चिया, कफि के खाने भनेर भन्छन् । म बसेको HOTEL ZAMLING अलि माथि सिरानीमा छ त्यहाँबाट सबे नाम्चे बजारको दृश्य मीठोसँग देखिन्छ । सेता हिमाल थाम्सेर्कु, कोन्दे अनि कुसुम खाङकुरु ले नाम्चेबजार लाई नै पहरा दिएको जस्तो देखिन्छ ।

नाम्चेलाई र काठमाण्ठौँलाई तुलना गर्दा यहाँ नपाइने गाडि मात्रै हो । अरु त काठमाण्ठौँमा नपाइने धेरै चिज मैले नाम्चेमा देखेँ।

जे होस् होटेल ले मलाई कम्प्युटर उपलब्ध गरेको हुनाले सजिलो भएको छ फेसबुकमा अरुको चियो चर्चो गर्न, बलगिङ्ग अनि अफिसको मेल को रिप्लाइ धेरै धेरै धन्यवाद HOTEL ZAMLING ।

2 comments:

Anonymous said...

wow. Good tour long day in beautiful place Namchebazar.

जीबनका क्षणहरु said...

but without job pretty boaring for long day.