Wednesday, September 8, 2010

अनुभब

आदरणीय पिताजी Happy father's day.

आज म असाध्यै आनन्दीत छु। बुवाको मूख हेर्ने दिन अनि बिहानै हजूरको सेवा गर्न पाएकोमा। हो आज मेरो मन असाध्यै गर्व, खुशी, आनन्दले गद् गद् भईरहेछ। बुवा को सेवा गर्नु पाएकोमा। यस्को मतलब अघिपछि सेवानै गर्न नपाएको र आज मात्रै गर्न खोजेको हैन। अघि पछि अलि फुर्सद हुंदैन थियो तर आज मेरो भाग्यले गर्दा फुर्सद पनि भयो अनि बिहानै बुवालई अलिकति भएपनि सेवा गर्न पाऐं।

भन्छन आमाले एक चोटि जन्माउछन् रे तर बुवाले हजार चोटि जन्माउछन् भने झैं, मैले बुवाको मूखबाट कति चोटि सुनेको छु हामीलाई हुर्काउनको लागि उहाँले गर्नु भएको महाभारत..... तराई पहाड सबै उहाँलाई आफ्नै आँगन सर लाग्थ्योरे। कुनै पनि बेला थकाई नै लागेनरे। सुन्दा अच्म लाग्छ कति छाक त खानानै नखाईकन काम नै खाना हुन्थ्योरे, आदी आदी........ यस्ता कुरा त मैले मेरो बुवाको मुखबाट भन्दा पनि उहाँको साथिहरुको मुखबाट सुनेको हुनाले अझ मैले बुवालाई नजीक बाट चिन्न सजीलो भयो।

जेहोस अहिले मेरो बुवाको उमेर पनि ढल्किसकेको छ। म भगवान संग प्रार्थना गर्छु कि म यसरीनै सेवा गर्न पांउ।
मेरो माताजि पनि बुवाकै अर्धाङ्गिनी हुनाले आमामा पनि यती ठूलो आँट र मिहेन थियो की त्यही काणले आज सम्म हामीलाई काँडाले पनि नकोरेको। आजको म मेरा माता पितालाई यहि ब्लग मार्फत सलाम टक्क्रर्याउंछु। Proud to be your son dad and mom
"One Father is more than a hundred schoolmasters" -George Herbert


No comments: