Wednesday, May 14, 2008

दैनिकी


नियमित्ता हुने कुरा भनेको एकदम गार्हो कुरा भइरहेछ मलाई। तर अरुलाई नियमित्ताको बारेमा सिकाउनु पर्यो भने, प्रबचन दिनु पर्यो भने म असाध्यै राम्रो शिक्षक हुने गर्छु। आज बिहान बिराट समयमा नउठेकोमा मैले नियमित्ताको बारेमा झण्डै १ घण्टा प्रवचन गरें त्यस्को शिकार अलि अलि शान्ती पनि भईन। बिचरा बिराट र शान्ती मेरो प्रवचन मन नपरेपनि सुन्नु पर्थ्यो र सुने पनि...........

जब मेरो बिहान को खाना खाएर अफिस जान लागें , अनि बिराटले भन्यो बाबा किन आज मोटरसाइकलमा ?? हजूर को त आज साइकलमा जाने दिन हो ... अनि अचेल हजूरले साइकल नचढेको पनि धेरै दिन भइसक्यो। त्यसपछि शान्तीले पनि सहि थपीन हो त अरुलाइ भन्न मात्रै सजिलो आफुमा पनि नियमित्ता हुन पर्यो।

हो त मैले पानि धेरै सोचेर, बिचार गेरेर, आर्थिक मेनेजमेण्ट गरेर रु.२०००० को माउण्टेन बाईक किनें। साइकल किन्नु अगाडि मेरो सोच थियो- पेट्रोल बाट पैसा बँच्छ, हेल्थ राम्रो हुन्छ, बाताबरण जोगाउनको लागि पनि सहयोग हुन्छ आदि आदि.... म २ महिना युरोप घुमेर आउदा मेरो मनमा यो साइकल चढ्ने सोच आएको थियो। किम र किमको परिबारले पनि मलाई भनेका थिए कि म नेपाल गएपछि साइकल चढ्नुरे.... । घरमा बेन्च कार हुने युरोपियनहरु पनि कम्तीमा हप्ताको १, २ चोटि भएपनि नियमित् साइकल चढ्छन। अझ बुढेशकालका बुढा बुढिहरु त झन हरेक दिन साकल चढ्ने गर्छन। शनिबार र आईतबार तो घाम लाग्यो भने ओहो साइकल चढ्ने को ताँती सडक भरी हुन्छन। निक्कै रमाइलो देखिन्छ।

आजबाट म पनि नियमित हुने कोशिस गर्छु, तर खै फेरि पनि छेपाराको उखान हुने हो कि?

No comments: