
आज भोलि काठमाण्डुमा हिँडदा खेरि मलाई सँधै एउटै द्रिष्याले मेरो दिमागमा रिसको पारो आसध्यै बढाउछ भने कहिले मान्छे र पशु नै छुट्याउने सानो काम पनि मेरो दिमागले गर्न सक्दैन। सरकारले लाखौँ खर्च गरेर आम जनताको जीबन शुराक्षा होस र Traffic System राम्रो होस भनेर आकाशे पुल(Sky Bridge) बनाईदिएको छ तर पनि हामी मूर्ख मान्छे आकाशे पुल(Sky Bridge) प्रयोग नगरी ब्यस्त सडकमा गाडीलाई असाध्यै बाधा पुर्याएर ट्रफिक जाम गरेर बाटो काट्छौँ। अलिकति Basic Manner पनि नभएको देख्दा यतिको गति छाडा जनताको लागि नयाँ नेपाल “सुङ्गुरको स्वर्गको यात्रा”जस्तै हुन्छ होला। हे भगवान! किन होला अति सानो ज्ञान र संस्कार पनि नभएको शुन्य घैँटोरुपी मनुष्य हुन्छ र? हामी पनि त सभ्य हुनुत अवश्या पर्छ। यस्को शुरवात हामी बाट नभए कसबाट शुरू गर्ने हो? यो पनि त अनुशासनको बिषयमा नै पर्छ होला। आकशे पुल(Sky Bridge) चाँहि खाली तल भने सबै जना गाडि जाम बनाएर भन्छन “ मानिसलाई पहिलो प्राथमिक दिनु पर्छ” अनि म भन्छु “पहिलो प्राथमिकता त मानिसलाईनै हो पशुलाई होइन"।
2 comments:
अनामजी
आफुले आफैंलाई भनेको जस्तो छ नि! हामी त कहिले पनि त्यसरी बाटो काट्दैनौं।
प्रदिप
प्रदिपजी
हो त्यो म नै भएपनि अरुहरुले शीक्षा लिन्छन् कि भनेर लेखेको
Post a Comment