Wednesday, July 9, 2008

अनुभव

आज बिहान सदाको झैं अफिस जाँदा घर नजीकै को चिया पसलमा(दोश्रो संसद भवनमा) बसेर चिया को घुट्को संगै कस्लाई भाबी राष्ट्रपति बनाउने जस्तो अति संबेदनशील बर्ता भइराखेको थियो, साथिहरु भन्थे "गिरिजा, माकुने, हैन हैन प्रचण्ड उ पनि हुदैन यार .........
यस्तै गम्भीर क्षणमा मेरो पिताजी आएर भन्नु भयो- "छोरा तिमिले त्यो काम गर्यौ? ला चाँहि नभन, यो ला बन्ने Tense(काल) को अर्थ त छ तर यो हम्रो जिबनको शत्रु नै हो। बुवाले मालई लागभग ५ दिन अगाडि एउटा कामको लागि जिम्मा दिनु भएको थियो, त्यो काम पनि खास मेरै लागि थियो तर पनि मैले नगरेको देखेपछि बुवाको कथन थियो। यो गरौंला, जाउंला, पढौंला भनेर काम छैन। गरौंला नभनिकन समयमा नै गरि हाल्नु पर्यो।
ओहो!! राष्ट्रपति बनाउने जस्तो अति संबेदनशील बार्ता भन्दा पनि यो कुराले सबैको ध्यानाकर्शण भयो।सबै साथिहरुले भने यस्ता सतही कुरा गरेर समय बिताउनु भन्दा त बुवाको कुरा ब्यबहारमा उतारे त आफुनै राष्ट्रपति हुंइन्थ्योकी ?

आज बिहान को यो कुरा ले मेरो मनमा छोयो। हो मेरो बानी यस्तै छ समयमा कुनै पनि काम नगर्ने। नानी देखि लाग्या बानि । बानी सुधार्न एकदम गारो काम हो।

No comments: