Sunday, September 7, 2008



हिजो शनिबार ( (6th Sept.) घर अलि चाडो गएको थिए। शनिबारको motorbike driving एकदम मन पर्छ। कारण न्यून traffice , धुलो धुँवा कम। जेहोस आनन्दा हुन्छ अरु दिन को तुलनामा। अचेलको मौसम मलाई एकदम रमाईलो लाग्छ अलि अलि दंशैको गन्ध आइसकेको छ । बाटोको दाँया बाँया धान खेतीको हरियालि, आहा ! सुसेल्दै कम स्पीडमा चलाउदै घर जाँदा मन एकदम रमाउछ।

यसरीनै आनन्दले घर जाँदै थिएं, बाटोमा एकजना सानो बच्चाले चङ्गा उडाउन लागेको थियो। उ मिहेनतका साथ उडाउथ्यो तर नजानेर चङ्गा उड्दैन थियो। अनि मैले उस्लाइ उडाउन सहयोग गरें अनि खुशी भयो र मस्त चङ्गामा भुल्यो।

म पनि सानो छंदा स्कूलबाट भागेर यसरी नै दैनिकि चङ्गामा भुल्थें। तर मेरा पालाम १ वटा चङ्गाको १५ पैसा पर्थ्यो त्यति पैसा जुटाउन भने दिनभरि आमासंग रुनु काराउनु पर्थयो। अब अहिलेका बच्चालाई कति सुबिधा छ। जेहोस समयले दिएको सुख र सुबिधा हो यो।

No comments: