Saturday, September 6, 2008

चालचलन



नेपालको धेरै जसो चाडपर्व र चलन पनि अनौठाका छन ती अनौठाका चाडपर्ब मध्येको हो श्रावण संक्रान्ति ( श्रावण १ गते) को दिन लुतो फ्याक्ने चलन। यो लुतो ( चिलाउने घाउ खटिरा) फ्याक्ने चलन किन, कसरी र कस्ले चलाएको होला? जति सोचे पनि र जति जनालाई सोधे पनि खासै पत्याउने खाल्को जवाफ पाएकै छैन। फेरि बाहुन क्षेत्रीहरुले यहि दिन र नेवार जातीले गंठेमंङ्गलको दिन फ्याक्ने चलन छ। यदी यस्को बारेमा कोहि महानुभावलाइ थाहा छ भने थाहा दिएमा धन्यबाद।


जेहोस यसपालि मैले पनि आफ्नो घरमा लुतो नआओस भनेर मजाले लुतो फ्याकें। नाङ्लो ठटाउदै- "वारि गाँउले पारी गाँउले लुतो लैजाओ"

No comments: