
आजभोली म र मेरा अफिसका सहकर्मीहरुको खाजामा अलौटा मकै जमेको छ। दिउसको २ बज्न नपाउदै मकै मकै भन्ने कुरा चल्छ अनि यसो झ्याल तिर हेर्दै मकै आयो की भनेर आँखाहरु उतै बाटा तिर सोझिन थाल्छन
मकै ल्याउने दाई पनि गजबको छन चट् टिमुर हालेर बनाएको नुनखुर्सानी, अनि कलिला अलौटा मकै बोकेर ठ्याकै २ देखी २:३० को बिचमा अफिसको ढोकाम टुप्लुकन आइपुग्छन र भन्छन "सरहरु आज कति बान लेराउं? हामी कहिले काहीँ २ बान खान्छौ कहिले ३ बान । त्यसैले उनी हामीलाइ संधै सोध्छन र हामीलाई टन्न खुवाएर मात्रै अन्यत्र लाग्छन।
मेरो Kidney समस्या भएदैखिन मैले खाजामा ठमेलका Junk Food खान छोडेको छु। यो अलौटा मकैलाई कुनै Junk Food ले भेट्दैन नस्वदमा न स्वस्थ्यकरमा।
जहोस यो बर्षा अलौटा मकैले मिठो बनाइदिएको छ।