Saturday, September 13, 2008
Monday, September 8, 2008
यात्रा
आज भन्दा १ बर्ष अगाडि म Netherlands को Capital Amsterdam मा घुम्दै थिए, मेरो आँखा यस्तो ठाउँमा पुग्यो कि साँच्चीकै कालिदास को सालिकमा। तर युरोपिन कालिदास होलन यी। त्यसैले अलिकती हाम्रो कालिदास भन्दा फरक। "म पुर्वको कालीदास भन्दा अलिकती बुद्धिमान छु ल हेर" भन्दै आफु चढेको रूख काट्दै। हो यीनि हाम्रा कालिदास भन्दा त अलिकती बुद्धि भएका चाही रहेछन।
जेहोस म सानो हुंदा घरमा बुवाको मुखबाट कालिदासको बारेमा अनेक थरिका कथाहरु सुनेको थिएं। त्यसैले मलाई कालिदास मन पर्छ।
Sunday, September 7, 2008

हिजो शनिबार ( (6th Sept.) घर अलि चाडो गएको थिए। शनिबारको motorbike driving एकदम मन पर्छ। कारण न्यून traffice , धुलो धुँवा कम। जेहोस आनन्दा हुन्छ अरु दिन को तुलनामा। अचेलको मौसम मलाई एकदम रमाईलो लाग्छ अलि अलि दंशैको गन्ध आइसकेको छ । बाटोको दाँया बाँया धान खेतीको हरियालि, आहा ! सुसेल्दै कम स्पीडमा चलाउदै घर जाँदा मन एकदम रमाउछ।
यसरीनै आनन्दले घर जाँदै थिएं, बाटोमा एकजना सानो बच्चाले चङ्गा उडाउन लागेको थियो। उ मिहेनतका साथ उडाउथ्यो तर नजानेर चङ्गा उड्दैन थियो। अनि मैले उस्लाइ उडाउन सहयोग गरें अनि खुशी भयो र मस्त चङ्गामा भुल्यो।
म पनि सानो छंदा स्कूलबाट भागेर यसरी नै दैनिकि चङ्गामा भुल्थें। तर मेरा पालाम १ वटा चङ्गाको १५ पैसा पर्थ्यो त्यति पैसा जुटाउन भने दिनभरि आमासंग रुनु काराउनु पर्थयो। अब अहिलेका बच्चालाई कति सुबिधा छ। जेहोस समयले दिएको सुख र सुबिधा हो यो।

Saturday, September 6, 2008
अनुभब

मेरो Operation पछि को पहिलो Out going रमाईलै भयो। खास हलुका खाना खाएँ। धन्यबाद ति मित्रलाइ जस्ले मलाई हिजो रमाइलो बनाई दिएकोमा
चालचलन
नेपालको धेरै जसो चाडपर्व र चलन पनि अनौठाका छन ती अनौठाका चाडपर्ब मध्येको हो श्रावण संक्रान्ति ( श्रावण १ गते) को दिन लुतो फ्याक्ने चलन। यो लुतो ( चिलाउने घाउ खटिरा) फ्याक्ने चलन किन, कसरी र कस्ले चलाएको होला? जति सोचे पनि र जति जनालाई सोधे पनि खासै पत्याउने खाल्को जवाफ पाएकै छैन। फेरि बाहुन क्षेत्रीहरुले यहि दिन र नेवार जातीले गंठेमंङ्गलको दिन फ्याक्ने चलन छ। यदी यस्को बारेमा कोहि महानुभावलाइ थाहा छ भने थाहा दिएमा धन्यबाद।
जेहोस यसपालि मैले पनि आफ्नो घरमा लुतो नआओस भनेर मजाले लुतो फ्याकें। नाङ्लो ठटाउदै- "वारि गाँउले पारी गाँउले लुतो लैजाओ"
Subscribe to:
Posts (Atom)